site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हामीसँग अलमलिने छुट छैन  : रमेश खरेल
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । बारा निर्वाचन क्षेत्र नम्बर–२ बाट उमेदवार बन्न लागेका रमेश खरेलले राजनीतिक सिन्डिकेटतन्त्रविरुद्ध सबै एक हुनुको विकल्प नरहेको बताएका छन् । शनिबार काठमाडौंको वसुन्धरास्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

उनले सरकारको भागबन्डा र लुछाचुँडीको अन्त्य गर्न आफूहरू एक ठाउँमा उभिनुपरेको जिकिर गरे । देशमा सुशासन नभएसम्म विकासमा उल्लेखनीय प्रगति हासिल नहुने उनले बताए । आफूहरूमा अलमलिने छुट नरहेको उनको भनाइ छ ।

सरकारको भागबन्डा र लुछाचुँडीलाई रोक्न नसके कसैको पनि भविष्य सुनिश्चित नरहेको उनले बताए । आसन्न उपनिर्वाचनमा खरेल रास्वपाका तर्फबाट उमेदवार बन्दै छन् ।

“देशमा सुशासन नभएसम्म हामी अलमलिरहन्छौँ । तर, अब हामीसँग अलमलिने छुट छैन । हामी अलमलिनु हुँदैन । हामीले देशलाई एउटा गतिमा अघि बढाउनैपर्छ,” उनले भने, “देशको समृद्धिको लागि हामीले अब जाग्नुपर्छ । हामीले एक ठाउँमा उभिएर एक भएर काम गर्नुपर्छ । हामीले यो माफियातन्त्रलाई रोक्नैपर्छ । हामीले सरकारको भागबन्डा र लुछाचुँडीलाई रोक्न सकेनौँ भने भविष्य सुनिश्चत कसैको छैन ।” 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  १६:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro