site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेविसंघको असन्तुष्ट पक्षले थाल्यो अनशन
फाइल तस्बिर ।
Ghorahi CementGhorahi Cement

काठमाडौं । अध्यक्ष दुजाङ शेर्पाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघको असन्तुष्ट पक्षबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा रिले अनशन सुरु गरिएको छ ।

म्याद सकिइसकेको असक्षम सभापतिलाई खारेज गरी नयाँ पदाधिकारीसहितको विधानसम्मत कमिटी ल्याउनुपर्ने भन्दै नेविसंघ बृहत् संघर्ष समितिको अगुवाइमा शनिबारदेखि रिले अनशन सुरु गरिएको हो ।

Agni Group

अध्यक्ष शेर्पाले स्ववियु निर्वाचनको बेला जथाभावी जिम्मेवारी तोकेको भन्दै ती निर्णयहरू खारेज गर्नुपर्ने माग असन्तुष्ट पक्षले राख्दै आएको छ ।

‘असंवैधानिक’ सभापतिले गरेका सम्पूर्ण पत्राचार खारेज हुनुपर्ने, १२औँ महाविधेशनको सुनिश्चित गरिनुपर्ने माग असन्तुष्ट पक्षका विद्यार्थीले  राखेका छन् ।

Global Ime bank

अनशनमा बस्दै नेविसंघका कार्यकर्ता अंशुल केसीले म्याद सकिइसकेका सभापतिले संगठनविरोधी काम गरेको र पार्टीले दिएको ‘म्यान्डेड’अनुसार स्ववियु अधिवेशनको तयारी गर्न नसकेको आरोप लगाए । उनले नयाँ कमिटी गठन गर्नुपर्ने माग गरे ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले एक वर्षअघि शेर्पालाई नेविसंघको अध्यक्षमा नियुक्त गरेका थिए । स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम प्राप्त भएको मितिले तीन महिनाभित्र केन्द्रीय अधिवेशन सम्पन्न गरिसक्नुपर्ने जिम्मेवारी तोकिएको थियो । तोकिएको समयावधिभित्र पनि शेर्पाले आफ्नो जिम्मेवारी पूरा नगरेकाले पुरानो कार्यसमिति खारेज गर्दै नयाँ कार्यसमिति गठन गर्नुपर्ने माग असन्तुष्ट पक्षको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  १४:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC