राजनीति

काठमाडौंं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले आसन्न उप–निर्वाचनका लागि आज उमेदवारको टुंगो लगाउँदै छ । यसका लागि पार्टीको सचिवालय बैठक अहिले बसिरहेको छ ।
पार्टी मुख्यालय च्यासलमा जारी बैठकले उप–निर्वाचनको उमेदवार टुंगो लगाउनेछ ।
बारा क्षेत्र नम्बर–२, चितवन–२ र तनहुँ–१ मा आउँदो वैशाख १० गते उप–निर्वाचन हुँदै छ । त्यसका लागि यही चैत २० गते उमेदवारको मनोनयनपत्र दर्ता गर्ने निर्वाचन आयोगको कार्यतालिका छ ।
प्रकाशित मिति: शनिबार, चैत १८, २०७९ १३:५५
प्रतिक्रिया दिनुहोस्