site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘पशुपतिप्रसाद–२: भष्मे डन’लाई भीडबाट जोगिनै मुस्किल

‘दाइ, भष्मे डन (विपीन कार्की) होइन हिरो ?’ 

‘हो ।’  

‘खोइ त ?’ 

Dabur Nepal
NIC Asia

‘आज उहाँको सुटिङ छैन रे !’

‘भोलिचाहिँ आउनुहुन्छ ?’

‘अँ, भोलिलाई सिन छ रे !’

‘भोलि पनि यहीँ हुन्छ सुटिङ ?’

‘यहीँ हो ।’

सुटिङ सेटमा पंक्तिकारसँग अर्घाखाँचीका नवीन पाण्डेले गरेको संवाद हो, यो ।

‘भष्मे डन’को फ्यान हो तपाईं ?’

‘हो, दाइ ।’

‘तपाईंचाहिँ को हो ?,’ उनले प्रश्न गरे । 

‘...।’

21680312566.jpg

बेबारिसे लास व्यवस्थापन समितिअगाडिको पूजा पसलमा बुधबार दिउँसो चलचित्र ‘पशुपतिप्रसाद–२: भष्मे डन’को छायांकन भइरहेको थियो । छायांकन हेर्नेको ठूलो भीड थियो ।

भीडमा रहेका अर्का एकजनाले सोधे, ‘कुन फिल्मको सुटिङ हो ?’ 

‘पशुपतिप्रसाद–२: भष्मे डन को ।’

‘भष्मे डन होइन हिरो ?,’ उनको प्रश्न थियो ।

‘हो,’ निर्माण युनिटको कसैले जवाफ दियो । 

‘निर्देशकचाहिँ त्यो ह्याट लगाउने हो ?,’ सिनेमेटोग्राफरतर्फ देखाउँदै उनले सोधे ।

‘होइन ।’ 

‘को हो त ?’

‘दीपेन्द्र के खनाल ।’ 

‘ए, हो त है !’

‘यो सबैको खान्तेपिन्ते उसैले बेहोर्ने होइन ?,’ उनको अर्को जिज्ञासा थियो । 

‘खर्च प्रोडुसरको हुन्छ ।’ 

‘फिल्म बनाउन पनि गाह्रो है,’ उनी बोलिरहेका थिए, ‘यस्तो गरेर त बनाउनुपर्छ ।’

फाइटको सिन छायांकन भइरहेको थियो । सौगात मल्ललगायत कलाकार अभिनय गरिरहेका थिए । दर्शक आउने–जाने क्रम चलिरहेको थियो ।

एकजोडी आएर सोध्यो, ‘पशुपतिप्रसादको छायांकन हो रे हो ?’

‘हो ।’

हिरोइन त आज छैन रै’छ नि ?’ 

‘भष्मे डन होइन हिरो ? मलाई कस्तो मन पर्छ नि !,” केटातिर हेर्दै युवतीले भनिन् । 

‘भष्मे र दयाहाङ मलाई मन पर्छ । आज त सौगातको सुटिङ र’छ । फाइटको सिन र’छ । फाइटमा निखिल उप्रेती खत्रा हो नि है,” युवकतिर हेर्दै उनी बोलिरहेकी थिइन्, ‘त्यो बेला निखिल उप्रेती खुब मन पर्थ्यो । ए साँच्चि, तपाईंले फूलबारी हेर्नुभयो ?” 

युवक ‘अँऽऽऽ अँऽऽऽ’ अनकनाए । 

फेरि युवती बोलिन्, ‘त्यसमा पनि भष्मे डन छ नि !’

‘भोलि पनि यहीँ आउने ल ? अहिले जाऊँ,’ युवतीले भनिन् । उनीहरू भष्मे डनलाई भेट्ने आसमा त्यहाँबाट हिँडे । फर्कँदै उनी भन्दै थिइन्, ‘पछि फिल्म हेर्नुपर्छ है ?’

० ० ० 

सिन नं. ८६ को छायांकन सकियो । मधेसी भेषमा देखिएका सौगात सेटबाट निस्किए । भीडमा एकजनाले उनको बाटो छेकेर भने, ‘सर, एउटा सेल्फी खिचौँ न ।’

‘क्यारेक्टर बाहिरिन्छ भनेर प्रोडक्सनले फोटो खिच्न दिएको छैन,’ सौगातले भने । अधबैँसे ती पुरुषले जिद्दी गरे, ‘केही हुन्न, एउटा फोटो त हो । म गाउँमा तपाईंको फिल्म चलाउने मान्छे । मेरो हल छ ।’

सौगातले सम्झाउँदै भने, ‘मैले हजुरको कुरा बुझेँ । तर प्लिज, फोटो खिच्न प्रोडक्सनले दिँदैन । म उता आउँदा तपाईंलाई भेट्छु । आउनुस्, गला मिलाऊँ ।” सौगातले गला मिलाए । सेक्युरिटीले भीड हटाउँदै सौगातलाई बाहिर निकाल्यो । 

Capture1680316585.JPG

० ० ०

सौगातसँगै साजन मगरलगायत उनको ग्याङको फाइट चलिरहेको थियो । निर्देशक दीपेन्द्र के खनाल फ्रेम नियालिरहेका थिए । छायांकनस्थल पुगेका चलचित्रकर्मी माधव वाग्ले कुर्सीमा बसिरहेका थिए । उनको पछाडि उभिएका एक युवकले छायांकनको भिडियो खिच्न थाले । 

सुटिङ युनिटका एक व्यक्ति कुदेर गएर भने, ‘प्लिज, डिलिट गर्दिनुस् न । फोटो, भिडियो खिच्न पाइँदैन ।”
 
‘तपाईंहरूकै प्रोमोसन हुन्छ त,’ ती युवकले जिरिह गरे । 
 
‘प्रोमोसन होइन नि भाइ ! यो पाइरेसी हो,’ सायद माधव वाग्लेको चित्त दुखेछ, बोले ।

० ० ०

प्रोडक्सन म्यानेजर शंकर पाण्डेलाई भ्याइनभ्याइ थियो । असिनपसिन गर्दै उनी भीड हटाउने प्रयास गरिरहेका थिए । हाते माइक बोकेर उनी भन्दै थिए, ‘फोटो र भिडियो खिच्ने काम कसैले पनि नगरिदिनु होला ।’

11680312337.jpg

भीडले निर्देशक दीपेन्द्र के खनाल हैरान भइसकेका रहेछन् । उनले पंक्तिकारलाई देख्नेबित्तिकै भने, “तनाव छ नरेश तनाव...! भीडले सातो उडाइसक्यो ।”

दीपेन्द्रले गुनासो गरे, “३० दिनको सेड्युल ४० दिनमा पनि नकिने भयो । भीड हटाएर हैरान भइसकियो ।”

‘पशुपतिप्रसाद–२: भष्मे डन’ले ‘सिङ्क साउन्ड’ गरिरहेको छ । यसले पनि थप समस्या सिर्जना गरेको छ । “यता कलाकारले गज्जबको एक्टिङ गरेर टेक ओके हुन्छ । उता भीडबाट को कराउँछ, साउन्डको मान्छे रि–टेक भन्दिछ,” उनले भने ।

निर्देशक दीपेन्द्रलाई असिस्ट गरिरहेका शान्तिम कोइरालाले भने, “हिजो विपीन दाइको छायांकन भइरहेको थियो, पारि भीडबाट दुईपटकसम्म एउटै व्यक्तिले ‘विपीन दाइ, म तपाईंको बिग फ्यान’ भनेर करायो । तीनपटक रि–टेक लिनुपर्‍यो ।” 

० ० ०

भीड व्यवस्थापन गर्न नसकेपछि ग्रुपफोबाट सेक्युरिटी मगाएर निर्माण पक्षले छायांकन गरिरहेको थियो । “भीडले काम गर्नै नदिएपछि आजबाट हामीले सेक्युरिटी झिकाएर काम गरिरहेका छौँ,” दीपेन्द्रले भने, “दिनको दुइटा सिनभन्दा बढी खिच्न सकिएको छैन । यस्तै हो भने कति दिन लाग्ला सिनेमा खिच्न !”

सुरुका दिनमा भीडबाट जोगिएर खिच्न झनै कठिनाइ झेल्नुपरेको उनले सुनाए । तुलनात्मक रूपमा भीड केही कम भएको तर सिङ्क साउन्डका कारण काममा ढिलो भइरहेको उनको भनाइ छ । 

० ० ०

भीडको व्यवस्थापनबाट जोगिएर खिच्नभन्दा पनि रिलिज हुँदासम्म सिनेमाको रहस्य नै नरहला भन्ने दीपेन्द्रमा चिन्ता छ । “जति भने पनि कोही न कोहीले खिचिरहेकै हुन्छ । दुईचारजना भए पो रोकेर सक्नु, सिनेमा खिचेर हैरान भइयो,” उनी भन्छन्, “सिनेमाको रहस्य कसरी बचाउने भन्ने चिन्ता भइसक्यो ।”

सामाजिक सञ्जालले सिनेमाको रहस्य लुकाउन कठिन भइसकेको उनको अनुभव छ । “हिजो म आर्यघाटमा मान्छे जलाएको ठाउँमा थिएँ । आमालाई चितामा राखेको छ । दागबत्ति दिने तयारी भइरहेको छ । छोरो दुई हातमा मोबाइल बोकेर रुँदै दुइटै माबाइलबाट भिडियो खिचिरहेको छ,” सामाजिक सञ्जालप्रति मान्छेको मोह कतिसम्म छ भन्दै दीपेन्द्र भन्छन्, “यस्तो अवस्थामा त भिडियो खिचेर टिकटक र फेसबुकमा हाल्ने हाम्रो समाजले के चाहीँ बाँकी राख्ला भिडियो खिच्न र पोष्ट गर्न ।”

51680312762.jpg

‘पशुपतिप्रसाद–२: भष्मे डन’ दीपेन्द्रको १२औँ सिनेमा हो । तर, उनले छायांकनमा यति धेरै भीड झेल्नुपरेको यो पहिलो अनुभव हो । “यति धेरै भीड मैले कहिल्यै देखेको थिइनँ । पशुपतिप्रसाद छायांकन हुँदा खासै कसैले वास्तै गर्दैन थियो,” उनी भन्छन्, “तर, पशुपतिप्रसाद–२: भष्मे डन भनेपछि जो पनि झुम्मिन्छन् ।” 

० ० ०

लञ्च ब्रेक भयो । सौगात मल्लसँग किचनमा भेट भयो । “तपाईं त यतैबाट सुटिङमा जोइन हुनुभएको होइन ?,” उनले जवाफ दिए, “हो, म यतै थिएँ ।” करिब दुई महिनादेखि क्यारेक्टरको तयारीका लागि सौगात पशुपतिमा थिए ।

“झन्डै दुई महिना म यतै बसेँ । यतै रमाएँ । अस्ति त यहीँ बाबाजीसँग सुतेँ । बिहान उठ्दा ऊ थिएन । म बिहानै उठेर हिँडे भने पनि अबेरसम्म सुते हुन्छ भनेको थियो,” सौगातले भने, “आखिर खुुसी खोज्ने त रहेछ जिन्दगी । म खुसी छु । यहाँ बस्दा म रमाइरहेको छु ।”

केही समयदेखि सोही क्षेत्रमा रहेको र छायांकन पनि त्यहीँ भएकाले आफूले कामको दबाब महसुस नगरेको उनले बताए । 

० ० ०

‘पशुपतिप्रसाद–२: भष्मे डन’मा विपीन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरेलगायत कलाकार मुख्य भूमिकामा छन् । आउँदो दसैँमा रिलिज हुने यो चलचित्र खगेन्द्र लामिछानेले लेखेका हुन् ।  

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  ०७:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro