site stats
बाह्रखरी :: Baahrakhari
कला
सौगात भन्छन्– सृष्टि र मैले अलग हुने निर्णय गर्‍यौं  

काठमाडौं । अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठबीचको सम्बन्धमा दरार आएको छ । केही समयदेखि उनीहरू छुट्टाछुट्टै बस्न थालेका छन् । 

आफूहरू अलग भएको सौगातले बताए । “अहिलेलाई हामी अलग हुने निर्णय गरेका छौँ । काममा फोकस हुन सकिएन । अब काममा फोकस हौँ भन्ने हो,” सौगात बाह्रखरीसँग भन्छन्, “कहिले बिहे गर्ने भनेर सबैले प्रश्न गर्दा हामीले चाँडै विवाह गर्दैछौं भनेर भन्दै आएका थियौँ । तर, जबरजस्ती भन्दा पनि आफ्नै तरिकाले अगाडि बढ्नु पर्छ भन्ने मेरो मान्यता छ ।” 

अब आफू विवाहभन्दा पनि काममा केन्द्रित हुने बताए । उनले भने, “अहिलेलाई हामीले छुट्टिने निर्णय गर्यौं । जे हुन्छ राम्रैका लागि हुन्छ भन्ने बुझौं ।” सौगात र श्रृष्टि केही वर्षदेखि सँगै बस्दै आएका थिए । 

सौगात अहिले चलचित्र ‘पशुपतिप्रसाद–२ : भष्मे डन’को छायांकनमा छन् ।  
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  १४:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu