site stats
बाह्रखरी :: Baahrakhari
खेल
आयरल्यान्डविरुद्धको ट्वान्टी–२० शृंखला अन्तिम खेलअगावै बंगलादेशलाई

काठमाडौं । आयरल्यान्डविरुद्धको तीन खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला घरेलु टिम बंगलादेशले अन्तिम खेल अगावै जितेको छ ।

शृंखलाको दोस्रो खेलमा आयरल्यान्डलाई ७७ रनले पराजित बंगलादेशले तीन खेलको शृंखला एक खेल अगावै आफ्नो पक्षमा पारेको हो । यसअघि पहिलो खेलमा बंगलादेश २२ रनले विजयी भएको थियो ।

बुधबार जहुर अहमद चौधरी रंगशालामा सम्पन्न खेलमा बंगलादेशले प्रस्तुत गरेको २०३ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित १७ ओभरमा नौ विकेट गुमाएर १२५ रन मात्र बनायो ।

Himalayan Bank
Dabur nepal
Agni Group

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित १७ ओभरमा तीन विकेट गुमाएर २०२ रनको योगफल तयार पारेको थियो । वर्षाका कारण सुरु हुन ढिला हुँदा खेललाई १७ ओभरमा झारिएको थियो ।

बंगलादेशका लिटन दासले ४१ बलमा १० चौका र तीन छक्कासहित ८३ रन बनाए । रोनी तालुकदरले ४४, कप्तान शकिब अल हसनले अविजित ३८ र तौहिद हृदोयले २४ रन बनाए ।

Global bank

पहिलो विकेटका लागि दास र तालुकदारले एक सय २४ रनको विष्फोटक शतकीय साझेदारी गरेका थिए ।

आयरल्यान्डका बेन्जामिन ह्वाइटले दुई तथा मार्क आदिरले एक विकेट लिए ।

२०३ रनको विशाल लक्ष्यसहित ब्याटिङमा आएको आयरल्यान्डका कर्टिस क्याम्फरले ५० रन बनाए । ह्यारी टेक्टर २२ र ग्राहम हुमेले २० रन बनाए । यसबाहेक आयरल्यान्डका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बंगलादेशका शकिब अल हसनले पाँच विकेट लिए । चार ओभर बलिङ गरेका हसनले २२ रन खर्चिए । तस्किन अहमदले तीन विकेट हात पारे ।

जितसँगै बंगलादेशले शृंखलामा २–० को अग्रता लिएको छ । शृंखलाको तेस्रो तथा अन्तिम खेल शुक्रबार हुनेछ ।

 

प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  २०:२७
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय