site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोसी प्रदेश सभा सञ्चालन नियमावली तयार, अब मुख्यमन्त्री र मन्त्रीसँग सदनमै प्रश्नोत्तर गर्न सकिने

विराटनगर । कोसी प्रदेश प्रदेश सभा प्रदेश सभा सञ्चालन नियमावलीको मस्यौदा तयार भएको छ । मस्यौदा तयार गर्न गठिन समितिले आज सभामुख बाबुराम गौतमलाई मस्यौदा हस्तान्तरण गरेको छ ।

मस्यौदामा प्रदेश सभा सञ्चालन नियमावली, २०७४ मा भएका कतिपय कमजोरीलाई संशोधन गरिएको मस्यौदा समितिका संयोजक लिलाबल्लभ अधिकारीले बताएका छन् ।

नियमावली मस्यौदा समितिले अन्तिम रूप दिएर मस्यौदा पारित गरी सभामुख भण्डारीलाई हस्तान्तरण गरेको हो । अब यो मस्यौदा विधेयकको रूपमा प्रदेश सभामा पेस भई सदनमा छलफल हुनेछ ।

“थप संशोधन आवश्यक परे अब सदनबाटै हुनेछ,” अधिकारीले भने ।

मस्यौदामा केन्द्र सरकारलाई संविधानमा उल्लेख भएका एकल अधिकार सूचीका विषयमा ध्यानाकर्षण गराउने, संसदीय समितिमा महिलाको प्रतिनिधित्वलाई सुनिश्चित गर्ने, सांसदले सरकारलाई गरेको प्रश्नको जवाफ सात दिनभित्र दिनुपर्ने र विधेयकको मस्यौदा सरोकारवालालाई सार्वजनिक गर्नेलगायत विषय थप भएका छन् ।

निजामती सेवा ऐन र प्रहरी ऐन जस्ता महत्त्वपूर्ण ऐन संघले रोकेर राख्दा प्रदेशले पूर्ण क्षमतामा काम गर्न सकेको छैन । कोसी प्रदेश सभाको अघिल्लो नियमावलीमा केन्द्र सरकारलाई ध्यानाकर्षण गराउने प्रावधान थिएन ।

विषयगत समितिमा सभापति पठाउने दलले एकजना महिला अनिवार्य पठाउनुपर्ने व्यवस्था नियमावलीले व्यवस्था गरेको छ । प्रश्नोत्तर गर्ने विषयमा पनि अघिल्लो नियमावलीमा संघकै संसद्को जस्ताको तस्तै राख्दिा घुमाउरो, लामो र झन्झटिलो हुँदा प्रश्नोत्तर विधि अभ्यासमा आउन सकेको थिएन ।

तर, नयाँ मस्यौदामा प्रदेश सभाका सदस्यहरूले हप्ताको एक दिन अनिवार्य प्रश्नोत्तर गर्न सक्ने प्रावधान थपिएको छ । प्रश्नकर्ता सदस्यले कुन कसलाई प्रश्न गर्ने हो मन्त्री, मुख्यमन्त्रीलाई प्रश्न गर्न सक्ने छ र प्रश्न गरेको विषयमा सम्बन्धित मन्त्री वा मुख्यमन्त्रीले ढिलोमा ७ दिनभित्रमा प्रश्नको उत्तर दिनुपर्नेछ ।

प्रश्नोत्तर गर्ने सांसदले त्यसबारे एक दिन अगावै संसद् सचिवालायमा त्यसबारे दर्ता गराउनुपर्ने छ । प्रश्न उचित भए नभएको सभामुखलाई निर्णय गर्ने अधिकार दिइएको छ ।

मस्यौदामा विशेष परिस्थितिबाहेक सामान्य अवस्थामा बन्ने कानुनको मस्यौदालाई प्रारम्भिक चरणमै सरोकारवालाका लागि सार्वजनिक गर्ने प्रावधान राखिएको छ ।

संयोजक अधिकारीले भने, “यति भएपछि सर्वसाधारण र सरोकारवालाले पनि यसबारे जानकारी पाउनेछन् । सुझावहरू दिन सक्नेछन् ।”

मस्यौदा बुझ्दै सभामुख गौतमले यसलाई अब प्रदेश सभाको बैठकमा छलफलका लागि पेस गरिने बताए । समयमै जिम्मेवारी पूरा गरेकोमा उनले समितिलाई धन्यवाद दिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  २०:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro