site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
खेलकुद पूर्वाधार नीतिबारे संवाद हुने

काठमाडौें । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा शनिबार खेलकुद पूर्वाधार नीति संवाद हुने भएको छ ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा राखेपका सदस्यसचिव टंकलाल घिसिङले देशको भौगोलिक अवस्थाअनुसार कस्तो पूर्वाधार निर्माण गर्न उपयुक्त हुनेलगायतका विषयमा सुझाव संकलन गर्न संवादले सहजीकरण गर्ने विश्वास व्यक्त गरे ।

मापदण्डसहितका पूर्वाधार निर्माणको नीति निर्माण गराउने, खेल पूर्वाधारको स्तर निर्धारणको मापदण्ड तयार गर्ने, खेलकुद पूर्वाधारको वर्तमान अवस्थाबारे जानकारी गराउन, पूर्वाधारका लागि लगानीको अवस्थाको विषयमा जानकारी दिने उद्देश्यले संवाद आयोजना गर्न लागिएको घिसिङले बताए ।

संघ, प्रदेश र स्थानिय तहमा कस्ता पूर्वाधार हुनुपर्ने भन्ने विषयमा आवश्यक मापदण्ड बनाउने, संघ, प्रदेश र स्थानीय तहमा हुनुपर्ने पूर्वाधारको विषयमा जानकारी लिन, खेलकुद पूर्वाधारमा राज्यको अवधारणा र प्रतिबद्धताका लागि, पूर्वाधार निर्माणमा लगानी वृद्धि गराउन, नीजि क्षेत्रलाई पनि खेलकुद पूर्वाधारमा उत्प्रेरित गर्ने, भौगोलिक अवस्थितिका आधारमा पूर्वाधार निर्माणको नीति तयार गर्नेलगायतका विषयमा संवाद केन्द्रित रहने बताइएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  १८:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro