site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
धनुषामा मोटरसाइकल दुर्घटना हुँदा भाइको मृत्यु, दाइ घाइते
प्रतीकात्मक तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । धनुषाको मिथिला बिहारी नगरपालिका–२ मा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पछाडि सवार व्यक्ति घाइते छन् ।

दुर्घटनामा मिथिला बिहारी–६, सिरसियाका २१ वर्षीय विजयकुमार यादवको मृत्यु भएको हो । उनको उपचारका क्रममा जनकपुरधामस्थित काव्य अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तारापट्टीले जनाएको छ ।

घाइते भएका उनका दाइ २५ वर्षीय रितेश यादवको सोही अस्पतालमा उपचार भइरहेको छ ।

जनकपुरधामबाट धनुषाधामतर्फ जाँदै गरेको प्रदेश २–०२–००२ प ४३८० नम्बरको मोटरसाइकल हिजो बेलुका करिब सवा ८ बजे पल्टिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १३:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro