देश

काठमाडौं । बैंकिङ कसुुर मुद्दाका फरार एकजनालाई प्रहरीले पक्राउ गरेको छ । धनकुटाको धनकुटा नगरपालिका–६ घर भइ काठमाडौं महानगरपालिका–११ बस्ने ६५ वर्षीय महेन्द्रनारायण श्रेष्ठलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।
उच्च अदालत पाटनको २०७९ माघ २० गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा चारदिन कैद र १४ लाख ४८ हजार ७२८ रुपैयाँ जरिवाना ठहर भइ फरार रहेका थिए । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो महाराजगंजबाट खटिएको प्रहरीले ललितपुरको भैसेपाटीबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेस गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय नख्खु ललितपुर पठाइएको छ ।
प्रकाशित मिति: सोमबार, चैत १३, २०७९ २१:२८
प्रतिक्रिया दिनुहोस्