site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एसईई : मधेसमा ७९ हजार ९४ परीक्षार्थी सहभागी हुँदै
Tiktok banner adTiktok banner ad

जनकपुरधाम । मधेस प्रदेशमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको छ । यही चैत्र १७ गते (शुक्रबार)देखि २९ गतेसम्म हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको शिक्षा विकास निर्देशनालयले जनाएको छ ।

मधेस प्रदेशको सबै परीक्षा केन्द्रमा उत्तरपुस्तिका र प्रश्नपत्र पुगिसकेको शिक्षा विकास निर्देशनालयका निर्देशक चुडामणी फुयालले जानकारी दिए । सुरक्षाको प्रबन्ध मिलाउन पनि पत्राचार गरिसकिएको उनले बताए । उनका अनुसार यस वर्ष मधेस प्रदेशमा २७९ परीक्षा केन्द्रबाट कुल ७९ हजार ९४ परीक्षार्थी सहभागी हुँदै छ ।

केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, परीक्षा सहायक र कार्यालय सहयोगीहरू पनि चयन गरिसकिएको उनले जनाए । यी सबै कर्मचारी मिलाएर यस वर्ष मधेसमा सात हजार ५७९ कर्मचारी परीक्षा केन्द्रमा खटिने छन् भने सोही संख्यामा सुरक्षा प्रवन्धको लागि प्रहरी परिचालन गर्ने तयारी छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान प्रहरीलाई सुरक्षामा खटाइने छन् ।

धनुषामा सबैभन्दा बढी ४३ वटा परीक्षा केन्द्र छन् । १२ हजार १४६ परीक्षार्थी छन् । सुरक्षा व्यवस्थाको लागि २८४ नेपाल प्रहरी, २२४ सशस्त्र प्रहरी र १५ जना अनुसन्धान प्रहरी खटाइने धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए ।

सर्लाहीमा ३७ वटा परीक्षा केन्द्रबाट दश हजार ९१६ विद्यार्थी, सिरहामा ४० वटा परीक्षा केन्द्रबाट दश हजार १५० विद्यार्थी र सप्तरीमा ३६ वटा परीक्षा केन्द्रबाट ९ हजार ५२७ जना विद्यार्थी परीक्षामा सहभागी हुनेछन् ।

यस्तै, महोत्तरीको ३१ वटा परीक्षा केन्द्रबाट ९ हजार ५४ विद्यार्थी, रौतहटमा ३५ परीक्षा केन्द्रबाट आठ हजार ९५७ विद्यार्थी, बारामा ३२ परीक्षा केन्द्रबाट ९ हजार १७९ परीक्षार्थी र पर्साको २५ केन्द्रमा ९ हजार १६५ विद्यार्थी परीक्षा दिन लागेका छन् ।

प्रश्नपत्र आउट हुने विषयलाई गम्भीरतापूर्वक लिएर सुरक्षा प्रबन्ध मिलाउन सुरक्षा निकायलाई मधेस प्रदेशका शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री महेशप्रसाद यादवले निर्देशन दिएका छन् ।

सोमबार मन्त्रालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमबाटै तीनै सुरक्षा निकायलाई एसईईको बेला हुने त्रुटीबारे सचेत गराएका थिए ।

"एसईईमा कुनै प्रकारको त्रुटी हुनु भएन । परीक्षा केन्द्रहरू मजबुत बनाउनुस्," उनले भने,"मर्यादित र अनुशासितरुपमा एसईई सफल बनाऔँ ।" परीक्षा सुरु हुनुभन्दा दश मिनेट अघि मात्रै प्रश्नपत्रको सिल खोलिनुपर्ने अन्तरक्रियामा अवाज उठेको थियो । प्रविधि प्रयोग गरी हुने गरेको चोरी रोक्न चेकजाँचमा कडाइ गर्नुपर्ने सहभागीले बताएका छन् ।

 

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  १७:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro