देश

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६९ कोरोना संक्रमित थपिएका छन् ।
एक हजार २६६ वटा नमुना परीक्षण गर्दा ६९ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै आज एकजना संक्रमणमुक्त भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या ६६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, चैत १३, २०७९ १७:३२
प्रतिक्रिया दिनुहोस्