site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
प्राधिकरणको कारबाही : तीन एटीसी निलम्बित
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आइतबार तीन एटीसीलाई कारबाही गरेको छ । एकै समयमा एकै उचाइमा उडानको अनुमति दिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका तीन एटीसीलाई कारबाही गरिएको हो ।

घटनाका बारेमा छानबिन गर्न भन्दै अर्काे सूचना नआएसम्मका लागि उनीहरूलाई निलम्बन गरिएको छ । प्राधिकरणले उनीहरूको नाम खुलाएको छैन ।

Prabhu Bank
Agni Group
NIC Asia

घटनाबारे छानबिन गर्न प्राधिकरणले समिति गठन गरेको छ । छानबिन समितिले रिपोर्ट बुझाएपछि थप कारबाही प्रक्रिया अघि बढाइने प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।

घटना यस्ता थियो
गएको शुक्रबार सिमराको आकाशमा रहेको गुराँस पोइन्टमा दुई विमान  ‘होल्ड’मा थिए । एयर इन्डिया १९ हजार फिटबाट अवतरण गरिरहेको थियो । गुराँस पोइन्टमा एयर इन्डिया १६ हजार फिटमा होल्ड गर्नुपर्ने थियो । किनभने, सोही समयमा गुराँस पोइन्टमै नेपाल एयरलाइन्सको जहाज १५ हजार फिटको उचाइमा होल्ड गरिरहेको थियो ।

Global Ime bank

तर, एटीसीको सूचनाबिना एयर इन्डियाको विमान सिधै अवतरण ग¥यो । दुई जहाज एकै ठाउँमा होल्ड गर्दा कम्तीमा हजार मिटर उचाइको दूरी हुनुपर्ने प्रावधान छ ।  

त्यस दिन एयर इन्डियाको विमान १६ हजार मिटरभन्दा तल झरेपछि नेपाल एयरलाइन्सको ट्राफिक कोलिजन एफाडेन्स सिस्टम (टीसीएएस) आयो । त्यसपछि नेपाल एयरलाइन्सलाई १३ हजार ५०० को फिटमा झारिएको थियो । एयर इन्डियाको विमानलाई १५ हजार फिटमा होल्ड गराइएको थियो ।

सूचना अधिकारी भुलका अनुसार हजारभन्दा कम फिटको दूरीलाई ‘सफ्रेसन फ्रिज’ भनिन्छ । यसलाई उड्डन क्षेत्रमा इन्सिडेन्ट (घटना)का रूपमा हेरिन्छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १२, २०७९  १३:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC