देश

काठमाडौ । पत्रकार दीपेन्द्र दोङ तामाङको निधन भएको छ । उनको उपचारका क्रममा शनिबार ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा निधन भएको हो ।
केही दिनअघि मष्तिस्काघात भएपछि तामाङलाई अस्पतालमा भर्ना गरिएको थियो । उनी मध्याह्न राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक थिए ।
लामो समय पत्रकारिताका क्रममा उनले विभिन्न सञ्चारमाध्यममा काम गरेका थिए ।
उनी साहित्य लेखनमा समेत सक्रिय थिए । ०७७ सालको बाह्रखरी कथा लेखन प्रतियोगितामा ‘बुलेट बाइक’ शीर्षकको कथामार्फत तामाङले तृतीय पुरस्कार जितेका थिए ।

प्रकाशित मिति: शनिबार, चैत ११, २०७९ २१:०४
प्रतिक्रिया दिनुहोस्