site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लाओसको जितमा बोन्कोङको दुई गोल

काठमाडौं । बोन्पाचान बोन्कोङको दुई गोलप्रेरित लाओसले प्रधानमन्त्री त्रिदेशीय कपमा भुटानलाई २-१ ले पराजित गरेको छ । 

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा लाओसको जितमा दुवै गोल बोन्पाचान बोन्कोङले गरे । भुटानका चेन्छो ग्याल्सेनले गोल फर्काए पनि टिमको हार टार्न सकेनन् ।

खेलको चौथो मिनेटमा बोन्कोङले गोल गर्दै लाओसलाई अग्रता दिलाएका थिए । ३४औं मिनेटमा ग्याल्सेनले गोल गर्दै भुटानलाई खेलमा फर्काएका थिए ।

तर, ७१औं मिनेटमा बोन्कोङले गरेको गोल निर्णायक बनेपछि लाओलले जित पक्का गरेको थियो ।

प्रतियोगितामा लाओसको यो पहिलो जित हो । जितसँगै लाओसले प्रतियोगिताको फाइनलमा पुग्ने सम्भावनालाई कायम राखेको छ ।

प्रतियोगितामा भुटानको भने यो पहिलो खेल हो । अब भुटानले चैत १४ गते नेपालसँग खेल्नेछ । सिङ्गल राउन्ड रोबिन पद्दतिमा चलिरहेको प्रतियोगिताको शीर्ष दुई टिम फाइनलमा प्रवेश गर्नेछन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  २०:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro