site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्री र सभापतिले अर्थमन्त्री बन्न आग्रह नगरेको गगन थापाको दाबी 
Sarbottam CementSarbottam Cement

बुटवल । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाले आफूलाई बोलाएर अर्थमन्त्री बन्न आग्रह नगरेको बताएका छन् । शनिबार भैरहवामा आयोजित एक कार्यक्रममा उनले भने, “केही साथी भ्रममा परेजस्तो छ । मलाई कसैले बोलाएर केही भनेको छैन । मलाई आजसम्म कसैले बोलाएर केही दिएको छैन । मैले जे पाएको छु, लडेर पाएको छु । साथीहरूको माया र शुभेच्छाले अगाडि बढेको छु ।” 

उनले आफ्नो प्राथमिकता अहिले कांग्रेसलाई अझ मजबुत बनाउनु रहेको उनले बताए । उनले आठ लाख पार्टी सदस्य भएको र तीन सयवटा स्थानीय सरकारको नेतृत्व गरिरहेको नेपालको ठूलो पार्टी नेपाली कांग्रेसलाई जराबाटै मजबुत बनाउनुपर्ने बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

महामन्त्री थापाले २०८४ सालको निर्वाचनमा १६५ वटै निर्वाचन क्षेत्रमा अन्य पार्टीलाई मत हाल्न नपरोस् भन्ने गरी कांग्रेस अघि बढ्नुपर्ने बताए । उनले २०८४ सालमा जतिवटा मोर्चा बने पनि कांग्रेस एक्लै लड्ने गरी अगाडि बढ्नुपर्ने बताए ।

पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका नेता थापाले गठबन्धनको संस्कृति निर्माण गर्न उन्नत व्यवहार आवश्यक रहेको बताए । उनले नेकपा विघटन गर्ने र आफ्नो नेतृत्वमा सरकार गठन गर्ने कांग्रेसको चाहना नरहेको भए पनि नेकपाले पाँचवर्ष खेर फालेको बताए । 

Global Ime bank

पाँच वर्षसम्म स्थिर सरकार दिन्छौं भनेर निर्वाचनभन्दा अघि गठबन्धन र तालमेल गरिएको तर पुस १० गते सम्हालिन नसकेको उनले बताए । उनले पुस १० गते भएको गल्तीलाई फागुन १०–१२ गतेतिर सच्याइएको स्पष्ट पारे ।

महामन्त्री थापाले केही दिनमा मन्त्रिपरिषदले पूर्णता पाउने बताए । उनले कांग्रेस केन्द्रीय समितिको बैठक समयमा बस्न नसकेको बताए । पार्टीको बैठकभन्दा तीन गुणा गठबन्धनको बैठकमा बस्नुपरेको टिप्पणी गरे । उनले जनताको असन्तुष्टि र छटपटीलाई सम्बोधन हुनेगरी सरकार अघि बढ्नुपर्ने बताए । नेता थापाले भने, “कुनै क्षेत्र राम्रो छ भन्ने अहिले अवस्था छैन । जनतालाई सरकारले राहतको महसुस गराउनुपर्छ । एक महिनापछि ठिक भयो भन्ने सन्देश दिनुपर्छ ।”

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  ११:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC