site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बायर्नका प्रशिक्षक नागेल्समन बर्खास्त
Tiktok banner adTiktok banner ad

काठमाडौं । जर्मन बुन्डेसलिगाको क्लब बायर्न म्युनिखले बिहीबार राति मुख्य प्रशिक्षक युलियन नागेल्समनलाई बर्खास्त गरेको छ । बायर्नमा अब थोमस टुचेलले प्रशिक्षणको जिम्मेवारी पाउने चर्चा छ ।

३५ वर्षीय नागेल्समनले पछिल्लोपटक बायर लेभरकुसेनसँग २–१ ले पराजित भएको खेलमा बायर्नको प्रशिक्षण गरेका थिए । लेभरकुसेनसँग पराजित भएपछि बायर्नले शीर्ष स्थान गुमाएको थियो । बोरुसिया डर्टमन्ड शीर्ष स्थानमा उक्लिएको छ ।

नागेल्समनले सन् २०२१ मा बायर्नको प्रशिक्षण सम्हालेका थिए । उनको प्रशिक्षणमा बायर्नले गत सिजन बुन्डेसलिगाको उपाधि जितेको थियो । त्यो बायर्नले उपाधि जितेको लगातार १०औँपटक थियो ।

बायर्नले अब आउँदो अप्रिल १ मा डर्टमन्डविरुद्ध खेल्नेछ । यस्तै, च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बायर्नले म्यानचेस्टर सिटीविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  ०९:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro