site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मेसीले बनाए ८०० गोलको कोशेढुंगा
Tiktok banner adTiktok banner ad

काठमाडौं । लियोनल मेसीले करिअरमा ८००औँ गोल गरेको खेलमा अर्जेन्टिनाले शुक्रबार बिहान मैत्रीपूर्ण खेलमा पानामालाई २–० ले पराजित गरेको छ । 

कतार विश्वकपमा उपाधि जितेपछि पहिलोपटक खेलेको अर्जेन्टिनाले घरेलु मैदानमा गोलका लागि ७८ मिनेटसम्म कुर्नु परेको थियो । बैकल्पिक खेलाडी थिएगो अलमाडाले गरेको गोलबाट अर्जेन्टिनाले ७८औँ मिनेटमा अग्रता लिएको थियो । अलमाडा ४६औँ मिनेटमा एलेक्सिस मार्क एलिस्टरको स्थानमा मैदान छिरेका थिए । खेल सकिन एक मिनेट बाँकी हुँदा मेसीले फ्रीककमा गोल गरेपछि अर्जेन्टिनाको जित पक्का भएको थियो । 

मेसीको यो क्लब फुटबल र अन्तर्राष्ट्रिय खेलमा गरी करिअरको ८००औँ गोल हो । मेसीले अर्जेन्टिनाबाट ९९ गोल गरेका छन् । उनले बार्सिलोनाबाट ६७२ र पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट २९ गोल गरेका छन् । 


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  ०८:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro