site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गण्डकीमा माओवादीले भोलि सरकार छोड्ने, कांग्रेससँग भागबन्डाको छलफल पनि भोलि नै
फाइल तस्बिर।
Tiktok banner adTiktok banner ad

पोखरा । गण्डकीमा सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)ले भोलि शुक्रबार सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेताहरुलाई गण्डकी प्रदेश सरकारबाट बाहिरिन निर्देशन दिएका छन् ।

अध्यक्षको निर्देशनपछि शुक्रबार बिहान संसदीय दलको बैठक बस्ने र निर्णय गरिने माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले बताए । गण्डकीमा उनै चुमानको नेतृत्वमा माओवादी केन्द्र गत पुस २५ गते नेकपा (एमाले) संसदीय दलका नेता खगराज अधिकारी नेतृत्वको सरकारमा सामेल भएको थियो ।

केन्द्रमा पुस १० गते प्रचण्ड एमाले नेतृत्वको गठबन्धनबाट प्रधानमन्त्री बनेका थिए । तर, राष्ट्रपति निर्वाचनसम्म आइपुग्दा सत्ता गठबन्धनमा कांग्रेस प्रवेश ग¥यो, एमाले बाहिरियो । त्यसकै प्रभाव स्वरुप यहाँ माओवादीलाई एमाले सरकारबाट बाहिरिन प्रचण्डले निर्देशन दिएका हुन् । 

“निर्देशन आइसक्यो, अब सरकारमा बसिरहने कुरा भएन, भोलि दलको बैठक बसेर बाहिरिन्छौँ,” चुमानले भने । उनका अनुसार संसदीय दलले मन्त्रीको राजीनामा बुझाउने निर्णय गर्नेछ ।

वर्तमान सरकारमा माओवादीबाट चुमान भौतिक पूर्वाधार विकासमन्त्री र रेशम जुग्जाली उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छन् । २५ गते बिनाविभागीय मन्त्री बनेका चुमान र माघ १० गते मन्त्री बनेका जुग्जालीले एकैदिन मन्त्रालयको जिम्मेवारी पाएका थिए ।

माओवादीले सरकार छोड्नासाथ मुख्यमन्त्री खगराज अधिकारी स्वतः अल्पमतमा पर्नेछन् । संविधानअनुसार उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।

यता, नयाँ सत्ता गठबन्धनबाट गण्डकीको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दाबी गरिरहेका छन् । राजधानीमा रहेक उनी भोलि नै पोखरा आउने र माओवादीसँग मन्त्रालयको भागबण्डाको बारेमा छलफल गर्ने स्रोतले जनायो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  २१:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro