
केरा पोषण तत्त्वले भरिपूर्ण एक मिठो फल हो । जुन नेपालका प्राय: सबै ठाउँमा पाइन्छ । केहीदिन पहिले हामीले काजु सेवनका फाइदाबारे जानकारी दिएका थियौँ । आज केरा खानाले हाम्रो शरीरलाई के फाइदा हुन्छ भन्नेबारे जानकारी दिँदैछौँ ।
सामान्यतया एकदेखि दुईवटासम्म केरा खान सुझाइन्छ । एउटा १२६ ग्रामको केरामा निम्न मात्राको पोषण पाइन्छ ।
क्यालोरी | ११२ |
फ्याट | ० ग्राम |
प्रोटिन | १ ग्राम |
कार्बोहाइड्रेट | २९ ग्राम |
फाइबर | ३ ग्राम |
भिटामिन 'सी' | दैनिक आवश्यक मात्राको १२% |
रिबोफ्लाविन | दैनिक आवश्यक मात्राको ७% |
फोलेट | दैनिक आवश्यक मात्राको ६% |
नियासिन | दैनिक आवश्यक मात्राको ५% |
फोटासियम | दैनिक आवश्यक मात्राको १०% |
म्याग्नेसियम | दैनिक आवश्यक मात्राको ८% |
किन खाने केरा ?
१. पोषणको राम्रो स्रोत : केरा फाइबरको राम्रो स्रोत हो । भिटामिन सी, भिटामिन बी6, पोटासियम र म्याङ्गानिज पनि केरामा पाइन्छ । केहीमा मात्रामा म्याग्नेसियम, कपर र फोलेट पनि पाइन्छ ।
२. पाचन स्वास्थ्य : केरामा पाइने फाइबरले पाचन स्वास्थ्यलाई राम्रो गर्छ । नियमित रूपमा केरा खानाले कब्जियत हुन दिँदैन ।
३. मुटु स्वास्थ्य : मुटुलाई स्वस्थ राद्न पोटासियमको महत्त्वपूर्ण भूमिका हुन्छ । केरा पोटासियमको राम्रो स्रोत मानिन्छ । केराको नियमित सेवनले मुटु रोगको सम्भावना कम हुन्छ ।
४. शारीरिक व्यायामको सहयोगी : केरा कार्बोहाइड्रेट र प्राकृतिक चिनीको राम्रो स्रोत हो । जसले शारीरिक कसरतका लागि आवश्यक पर्ने शक्ति दिन्छ ।
५. तौल घटाउन : केरामा कम मात्रामा क्यालोरी र धेरै फाइबर पाइन्छ । जसले तौल घटाउनमा सहयोग गर्छ ।
६. तनाव कम गर्न : केरामा ट्रिप्टुफ्यान नामक रसायन पाइन्छ । जसले तनाव तनावलाई कम गराएर मुडलाई फ्रेस बनाउन सहयोग गर्छ ।
७. हड्डीलाई स्वस्थ र बलियो राख्न : केरामा हाम्रो शरीरलाई आवश्यक पर्ने म्याग्नेसियम र म्याङ्गुनिजसहित धेरै प्रकारको पोषण तत्व पाइन्छ । जसले हड्डीलाई बलियो र स्वस्थ राख्न सहयोग गर्छ ।
८. सुन्दर छालाको लागि : केरामा भिटामिन 'सी' पाइन्छ । जुन छालाका लागि महत्त्वपूर्ण तत्त्व मानिन्छ । नियमित रूपमा केरा खानाले तपाईलाई स्वस्थ र युवा देखाउँछ ।
९. किड्नीलाई स्वस्थ राख्न : किड्नी स्वास्थ्यको लागि पोटासियमको भूमिका महत्त्वपूर्ण हुन्छ । केरामा पाइने प्रचुर मात्राको पोटासियमले किड्नीलाई स्वस्थ राख्न मद्दत गर्छ ।
हेल्थलाइनको सहयोगमा ।