
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर सुजल श्रेष्ठले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् ।
सुजलले बिहीबार सामाजिक सञ्जालमार्फत सन्न्यासको घोषणा गरेका हुन् । सुजलले ११ वर्षसम्म देशको झन्डा छातीमा बोकेर मैदान उत्रिने अवसर पाउँदा गर्विलो महसुस गरेको बताउँदै सन्न्यासका लागि अहिले उपयुक्त समय भएको लेखेका छन् ।
“मेरा सम्पूर्ण सुभचिन्तक, समर्थक र नेपाली फुटबल प्रेमीहरू माझ मेरो न्यानो नमन ११ वर्ष, ५१ खेल आफ्नो देशको झन्डा छातीमा बोकेर मैदानमा उत्रने अवशर पाउँदा निकै गर्विलो महसुस गरेको छु । केही खुसीका पल त केही दुखका, कतै उपाधि त कतै निराश क्षन लगायत यी सबै तिता मिठा सम्झनाहरू मनमा समेटी आज म राष्ट्रिय टोलीबाट आफ्नो सन्न्यास घोषणा गर्दछु । यति लामो समयसम्म राष्ट्रिय टोलिको जर्सी लगाउन पाउनु मेरो लागि ठूलो सम्मान थियो । मैले यो गर्व र जोशका साथ निर्वाह गरे । हाल राष्ट्रिय टोलीमा रहेका र अन्य भाइहरू धेरै क्षमतावान छन् । र, म विश्वस्त छु कि भाइहरूले देशको झन्डा झुक्न दिने छैन । अब पालो नयाँ पुस्ताको हो,” सुजलले लेखेका छन् ।
“सबै प्रशंसक र समर्थकहरूलाई धन्यवाद जसले मलाई ताली र जयजयकारले साथ तथा हौसला दिए । साथै मलाई विस्वास गर्दै नियमित राष्ट्रिय टोलीमा स्थान दिँदै यहाँ सम्म पुर्याउन मद्दत गर्नुहुने सम्पूर्ण प्रशिक्षकहरूलाई पनि हृदयदेखि नै धन्यवाद व्यक्त गर्न चाहन्छु । मलाई लाग्छ अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने यो मेरो लागि उपयुक्त समय हो । जय नेपाली फुटबल ।”
मछिन्द्र फुटबल क्लबबाट नेपालको घरेलु फुटबल खेलिरहेका नेपाली टिमका रक्षक रजिन धिमालसँगै अस्ट्रेलिया उड्दै छन् ।