site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेप्से परिसूचक १८.१५ अंकले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८.१५ अंकले ओरालो लागेर एक हजार ९१५.१४ मा सीमित भएको छ । 

यस्तै, ठूला कम्पनीको सेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक २.९० अंकले ओरालो लागेर ३६१ .०१ मा सीमित भएको छ । 

कारोबार भएका १३ वटै उपसमूहको सेयर मूल्य घटेको छ । विभिन्न कम्पनीका ४३ लाख ४० हजार २७० कित्ता सेयर  एक अर्ब ४१ करोड ३१ लाख ७२ हजार ८०२ रुपैयाँ मूल्यमा खरिद बिक्री भएका छन् ।

आजको कारोबारमा कारोबार रकमका आधारमा एनआईसी एसिया बैंक शीर्ष स्थानमा छ । बैंकको  २१ करोड ७४ लाख ६४ हजार ८६८ रुपैयाँ बराबरको कारोबार भएको छ । साथै सिद्धार्थ बैंकको आठ करोड ३५ लाख ७१ हजार ९३३ रुपैयाँ, हिमालयन डिस्टिलरीको चार करोड ४५ लाख ६३ हजार ४७७ रुपैयाँ, नबिल बैंकको तीन करोड ८४ लाख ६९ हजार २३८ रुपैयाँ र शिवम् सिमेन्टको तीन करोड ७१ लाख ३९ हजार ६३२ रुपैयाँ बराबरको सेयर कारोबार भइ शीर्ष पाँचभित्र पर्न सफल भएका छन् । 

नेप्सेका अनुसार माया खोला हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भइ सकारात्मक सर्किट लागेको छ । एसिएन हाइड्रोपावर नौ दशमलब ९७, सिद्धार्थ बैंक आठ दशमलब ३४, बोटलर्स नेपाल तराई, पाँच दशमलब २१ र लिवर्टी इनर्जीकोे चार दशमलब २६ प्रतिशतले सेयर मूल्य बढेको छ । 

त्यस्तै, युनिक नेपाल लघुवित्त ७.४६, सिर्जनशिल लघुवित्त ६.८३, खप्तड लघुवित्त ६.०२,  शुभम् पावर ५.७४ र एनआइसी एसिया बैंकको शेयर मूल्य ५.१२ प्रतिशतले घटेको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  १६:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro