site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काभ्रेपलाञ्चोकमा नागरिकताभन्दा राहदानी बनाउने बढी
Tiktok banner adTiktok banner ad

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा नागरिकताभन्दा राहदानी बनाउनेको संख्या धेरै रहेको  छ । जिल्ला प्रशासन कार्यालयको पछिल्लो तीन महिनाको तथ्यांकअनुसार नागरिकताभन्दा राहदानी लिने सेवाग्राहीको संख्या बढी देखिएको हो । 

दिनहुँ राहदानी बनाउने सेवाग्राहीको संंख्या धेरै रहेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए । जिल्ला प्रशासन कार्यालयको तथ्यांबकअनुसार गत फागुनमा ७२८ जनाले नागरिकता लिएका थिए । सोही महिना दुई हजार २८९ जनाले राहदानी लिएका थिए । यसैगरी राष्ट्रिय परिचयपत्रका लागि करिब दुई हजार चार सय जनाले फोटो खिचाएका छन् । 

यस्तै गत माघमा राहदानी लिनेको संख्या एक हजार ४७९ जना रहेकामा नागरिकता बनाउने एक हजार ९० जना रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यसैगरी प्रतिलिपि नागरिकता ६१३ जनाले र राष्ट्रिय परिचयपत्र दुई सय हजार ८१ जनाले लिएका छन् । 
     
गत पुसमा ७६० जनाले नागरिकता बनाएकामा राहदानी लिने एक हजार ३७१ जना छन् । राष्ट्रिय परिचय पत्रका लागि दुई हजार १६ जनाले फोटो खिचाएका छन् । जिल्ला प्रशासनले टाइम कार्ड र टोकनको सुरुआत गरेसँगै सेवा प्राप्तिमा सहज भएको सेवाग्राहीले बताएका छन् । बिदाका दिनसमेत कार्यालयभित्र अनलाइन फारम भरेर राहदानी वितरण गरिरहेको प्रजिअ पौडलले बताए । रासस 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  ०९:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro