site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
थप नौ हजार कर्मचारी कटौती गर्दै अमेजन

काठमाडौं । इन्टरनेट ‘जायन्ट’ अमेजनले थप नौ हजार कर्मचारी कटौती गर्ने भएको छ ।

सीईओ एन्डी जेस्सीले सोमबार लेखेको एक ‘मेमो’मा कम्पनीले यसको अमेजन वेब होस्टिङ, ट्विच गेमिङ डिभिजन, विज्ञापन र पीएक्सटी विभागका कर्मचारीले रोजगारी गुमाउने उल्लेख छ ।

गएको जनवरीमा अमेजनले १८ हजार कर्मचारी कटौती गरेको थियो । अमेजन विश्वको सबैभन्दा ठूलो रोजगार प्रदायकमध्येको कम्पनी हो । विश्वभर यसका एक करोड ५० लाखभन्दा बढी कर्मचारी छन् ।

अमेजनले गुगलको भन्दा करिब सात गुणा बढी रोजगारी दिइरहेको छ । गुगलले दुई महिनअघि १२ हजार कर्मचारी कटौती गरेको थियो ।

Global Ime bank

यसअघि, गत हप्ता मात्र फेसबुकको मुख्य कम्पनी मेटाले थप १० हजार कर्मचारी कटौती गर्ने घोषणा गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९  १०:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu