site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शंकर लामिछाने प्रतिष्ठानबाट पोखरेल र विवश पुरस्कृत 
Tiktok banner adTiktok banner ad

काठमाडौं । निबन्धकार शंकर लामिछानेको ९६ औं जन्मजयन्तीका अवसरमा उनको नाममा स्थापित पुरस्कार दुई स्रस्टालाई समर्पण गरिएको छ ।

शंकर लामिछाने प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा यादव खरेलले निबन्धकार प्रा.डा. माधवप्रसाद पोखरेललाई ‘शंकर लामिछाने निबन्ध पुरस्कार–२०७९’ तथा निबन्धकार ज्ञानेन्द्र विवशलाई ‘शंकर लामिछाने युवा निबन्ध पुरस्कार–२०७९’ प्रदान गरे । पुरस्कारकासाथ नगद राशि क्रमशः ५० हजार र २५ हजार पनि पुरस्कृत स्रस्टाहरूलाई प्रदान गरियो । 

कार्यक्रममा प्रमुख अतिथि यादव खरेलले अरू साहित्यकारभन्दा बेग्लै विषयवस्तु र शैलीका कारण शंकर लामिछाने विशिष्ट स्रष्टा भएको उल्लेख गरे । 

साहित्यकार प्रमोद प्रधानले नेपाली निबन्ध विधामा शंकर लामिछानेले बनाएको स्तरीयताको सीमालाई भत्काएर नेपाली निबन्ध अघि बढ्नु नै लामिछानेप्रति सही श्रद्धाञ्जलि हुने बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९  ०८:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro