site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘युक्रेनलाई हतियार दिने अमेरिका हो, चीन होइन’ 
Ghorahi CementGhorahi Cement

बेइजिङ । चीनले रूस–युक्रेन युद्धमा कुनै पनि देशलाई हतियार नदिएको बताएको छ । 

द्वन्द्वग्रस्त युक्रेनलाई हतियार उपलब्ध गराउने चीन नभएर संयुक्त राज्य अमेरिका भएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले सोमबार उल्लेख गरेका छन् । 

Agni Group

चीनले सधैं युक्रेन मुद्दामा वस्तुनिष्ठ र निष्पक्ष अडानलाई समर्थन गरेको मन्त्रालयले प्रष्ट पारेको छ । चीनले सबै कुरा शान्ति स्थापनार्थ वार्तालाई प्रवर्द्धन गर्ने  गरेको प्रवक्ता वाङ वेनबिनले बताए । 

चीन सधैं शान्ति र संवादको पक्षमा उभिएको भन्दै प्रवक्ताले युक्रेन सङ्कटको राजनीतिक समाधानमा चीनले रचनात्मक भूमिका खेल्ने पनि बताए । 

Global Ime bank

“युक्रेनी युद्धभूमिमा हतियार उपलब्ध गराउने चीन होइन, संयुक्त राज्य अमेरिका हो,” वाङले भने । उनले संयुक्त राज्य अमेरिकालाई आगोमा घ्यु थप्न बन्द गर्न र अन्य देशहरूलाई आफ्नो दबाब र धम्की दिन समेत बन्द गर्न आग्रह गरे । 

अमेरिकाले युक्रेन सङ्कटको राजनीतिक समाधान खोज्नको लागि उल्टो बाटो तय गर्नुको सट्टा रचनात्मक भूमिका खेल्नुपर्ने वाङले बताए । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  १९:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC