राजनीति
1679314505.jpg)
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो भारत भम्रण चाँडै हुने बताएका छन् ।
सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिएपछि सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीका क्रममा प्रचण्डले आगामी वैशाख पहिलो साताभित्र भारत भ्रमण हुन सक्ने बताए ।
प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमण चैतको अन्तिम हप्ता वा वैशाख पहिलो हप्ताभित्र हुन सक्ने बताए ।
"भारत भमणको टुंगो छैन । सायद यो महिनाको अन्त्यतिर वा अर्को महिनाको सुरुवातमा हुन सक्छ । जति भयो त्यो चाहिँ पर्याप्त छ । अब आरामसँग सरकार चल्छ । अब विकास, निर्माणको कामले गति लिन्छ," उनले भने ।
प्रकाशित मिति: सोमबार, चैत ६, २०७९ १८:३६
प्रतिक्रिया दिनुहोस्