राजनीति
1679314484.jpg)
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले अबको चार दिनभित्रै सरकारलाई पूर्णता दिने बताएका छन् ।
सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिएलगत्तै उनले सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीका क्रममा अब चाँडै सरकारलाई पूर्णता दिने बताएका हुन् ।
उनले सरकारलाई पूर्णता दिन समर्थन दिएका सबै दलहरूसँग भोलि बिहानबाटै छलफल सुरु गर्ने पनि बताए ।
"जोजो दलहरूसँग हाम्रो गठबन्धन भएको छ, सहमति भएको छ । सबैसँग बसेर २–४ दिनभित्रमै सबै टुंग्याउने र अनि काम गर्ने विचार छ," उनले भने ।
उनले आफूले पाएको विश्वासको मत पर्याप्त रहेको र अब आराम ढंगले सरकारले काम गर्ने बताए ।
प्रकाशित मिति: सोमबार, चैत ६, २०७९ १८:३०
प्रतिक्रिया दिनुहोस्