site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
क्रिकेटर ललित राजवंशी र दिपेश कँडेललाई विराटनगर महानगरले नगदसहित सम्मान गर्ने
Tiktok banner adTiktok banner ad

विराटनगर । नेपाली राष्ट्रिय टोलीका क्रिकेटर ललित राजवंशी र दिपेश कँडेललाई विराटनगर महानगरपालिकाले नगदसहित सम्मान गर्ने भएको छ । राजवंशी र कँडेल दुवै विराटनगर निवासी हुन् ।

नेपाललाई विश्वकप छनोटमा पुर्‍याउन महत्त्वपूर्ण योगदान गरेका राष्ट्रिय क्रिकेट टोलीका सदस्य राजवंशीलाई महानगरले नगद एक लाख एक हजार रुपैयाँसहित सम्मान गर्ने भएको हो । त्यस्तै, कँडेलले ह्याट्रिकसहित पाँच विकेट लिएपछि नेपाल ८ वर्षपछि यू–१९ विश्वकपमा प्रवेश गर्न सफल भएको छ । 

राजवंशी र कँडेलले क्रिकेटलाई उचाइमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका कारण प्रोत्साहित गर्न नगदसहित सम्मान गर्ने निर्णय गरिएको महानगरका मेयर नागेश कोइरालाले बताए । 

उनीहरूलाई चाँडै विशेष समारोह आयोजना गरेर सम्मान गरिने कोइरालाले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  १७:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro