site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चित्रबहादुरको प्रश्न : सांसदले पनि अर्काले कतिमा किन्छ भनेर हिँड्नुपर्ने महँगी कहिले नियन्त्रण हुन्छ ?
Tiktok banner adTiktok banner ad

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा लोकतन्त्र नै लजाउने अवस्था आएको बताएका छन् । प्रधानमन्त्रीलाई विश्वासको मत दिने प्रस्तावको छलफलमा भाग लिन संसद्को रोस्ट्रममा उभिएका केसीले लोकतन्त्रको अस्वाभाविक अभ्यास भइरहेको बताए ।

“लोकतन्त्रमा पहिलो पार्टीको नेतृत्वमा सरकार बन्नुपर्ने होइन ? पहिलो पार्टीको बनेन भने दोस्रो पार्टीको नेतृत्वमा सरकार बन्नुपर्ने होइन ?,” कसैलाई खसाल्न खोजेको होइन भन्दै चित्रबहादुरले भने, “पहिलो र दोस्रो पार्टीले तेस्रो पार्टीलाई बोकेर हिँड्दा कस्तो लोकतन्त्रको अभ्यास हुँदै छ ?”

उनले दुनियाँका कुनै पनि लोकतन्त्रमा यस्तो अभ्यास नभएको बताए ।

“सत्ता र स्वार्थका लागि कसलाई खसाल्ने, कसलाई उचाल्ने भनेर लोकतन्त्र चल्छ ?,” केसीले प्रश्न गरे, “लोकतन्त्रिक गणतन्त्रमाथि नै संकट आएको छ । तर, यतातर्फ कसैको चिन्ता छैन ।” 

उनले लोकतान्त्रिक गणतन्त्र जनतामा निराशा बढ्ने व्यवस्था नभएको भन्दै प्रमुख दलहरु जिम्मेवार भएर नागरिकका निराशा सम्वोधन गर्नुपर्ने बताए ।

“हामी सांसदहरुले समेत सामान किन्न जाँदा अरुले कतिमा किन्छ भनेर हिँड्नुपर्ने अवस्था छ । जनताको अवस्था के छ भनेर सोच्नु पर्दैन ?,” उनले सोधे, “खाली सत्तामा को जाने, शक्ति कसले हातमा लिने भनेर मात्र लोकतन्त्र जोगिन्छ ?”

उनले लोकतन्त्र जोगाउन गफ गरेर वा सत्ताको खेलमा लागेर मात्र नहुने भन्दै लोकतन्त्र, गणतन्त्र जोगाउने हो भने जनताका समस्या समाधान गर्नुपर्ने बताए । उनले भने, “लोकतन्त्र, गणतन्त्र संकटमा छ, जोगाउने हो भने त जनताका समस्या सम्बोधन गर्नुपर्छ । खाली सत्ता भोगले मात्र लोकतन्त्र जोगिँदैन ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  १६:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro