site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
३५ युट्युब च्यानलमाथि कारबाही गर्दै काउन्सिल
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल प्रेस काउन्सिलले ३५ युट्युब च्यानललाई उच्च निगरानीमा राख्दै कारबाही प्रक्रिया अघि बढाएको छ । जथाभावी ‘कन्टेन्ट’ वा भिडियो प्रकाशित गर्ने युट्युब च्यानलहरूलाई उच्च निगरानीमा राख्दै कारबाही प्रक्रिया थालिएको हो ।

“जथाभावी रूपमा सञ्चालनमा आएका, आचारसंहिताको ख्याल नै नगरी आफूखुसी जथाभावी कन्टेट दिने ३५ वटा युट्युब च्यानललाई विशेष अनुगमनमा राखेका छौँ,” काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले बाह्रखरीसँग भने ।

त्यस्ता युट्युब च्यानलबारे १५ दिनभित्र प्रतिवेदन तयार गरेर कारबाही प्रक्रिया अघि बढाइने उनले बताए । “तीनका बारेमा अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन तयार गर्ने निर्णय आज (सोमबार) मात्रै भएको छ । आवश्यकताअनुसार उनीहरूलाई अभिमुखीकरण कक्षा दिने अथवा गम्भीर खालको भएमा थप अनुसन्धानका लागि साइबर प्रहरीकोमा पठाउने वा त्यो च्यानल बन्द गर्नका लागि सम्बन्धित युट्युबको हेडक्वार्टरमै लेखेर पठाउनेसम्मका विषयहरू समेटेर निर्णय गरिएको छ,” उनले भने ।

जथाभावी कन्टेन्ट प्रकाशित गर्ने युट्युब च्यानललाई बन्द गराउन अब काउन्सिलले कम्पनीको ‘हेडक्वार्टर’मै समेत पत्राचार गर्ने उनले स्पष्ट पारे ।

काउन्सिलले अहिले ती ३५ युट्युब च्यानलका सञ्चालकलाई सम्पर्कमा ल्याएर थप प्रक्रिया अघि बढाएपछि नाम सार्वजनिक गर्ने जनाएको छ ।

यस्तै, दर्ता नभई सञ्चालित वेबसाइटहरूमाथि समेत काउन्सिलले कडा निगरानी सुरु गरेको छ । दर्ता नभएका वेबसाइट र युट्युब च्यानलहरूको अनुगमन गर्नका लागि आजै (सोमबार) काउन्सिलअन्तर्गत *आचारसंहिता अनुगमन उपसमितिको निर्णयबाट एउटा बेग्लै डेस्क सञ्चालनमा ल्याइएको छ ।

त्यो डेस्कले विशेष निगरानी गर्दै त्यस्ता वेबसाइट र युट्युब च्यानल बन्द गराउनका लागि तत्काल पत्राचार गर्ने गरी काम सुरु गरेको काउन्सिलले जनाएको छ ।

त्यस्ता युट्युब च्यानल एवं वेबसाइटहरूले भ्रामक सामग्री प्रकाशित गर्ने गरेको भन्दै त्यसलाई नियन्त्रण गर्न कडा कदम चाल्न लागेको काउन्सिलको भनाइ छ ।

*आचारसंहिता अनुगमन उपसमिति हुनुपर्नेमा यसअघि अन्यथा परेकाले सच्याइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  १६:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro