site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्रीलाई विष्णु पौडेलको जवाफ– एमालेले किन समर्थन फिर्ता लियो मनलाई सोधे हुन्छ 
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रश्नको जवाफ दिएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको प्रस्ताव गर्दा एमालेले सरकार किन छाड्यो भन्ने जवाफ दिनुपर्ने बताएका थिए । पौडेलले एमालेले सरकार किन छाडेको भन्ने जवाफ सबैभन्दा धेरै प्रधानमन्त्रीलाई थाहा भएको बताए ।

“नेकपा (एमाले)ले किन समर्थन फिर्ता लियो भन्ने कुरा दुनियाँलाई थाहा छ । सबैभन्दा बढ्ता जानकारी स्वयं प्रधानमन्त्रीजीलाई थाहा छ । त्यसैले उहाँले आफ्नो मनलाई सोधे हुन्छ, नेकपा (एमाले)ले किन समर्थन फिर्ता लियो भन्ने कुरा,” पौडेलले भने, “नेपालको इतिहासमा पराष्ट्रमन्त्रीप्रति जुन व्यवहार भएको छ, कल्पनातित थिएन । त्यो राष्ट्रको विषय थिएन । त्यसले राष्ट्रको हुर्मत लिने काम भएको छ ।”

पौडेलले प्रधानमन्त्रीले नै एमालेले सरकार छाडेर गए हुन्थ्यो भन्ने अभिव्यक्तिपछि सरकार छाडिएको बताए ।

प्रधानमन्त्रीलाई नै थाहा भएको प्रश्न देशवासी र सदनसँग सोधिरहनुपर्छ भन्ने आफूलाई नलागेको पौडेलको भनाइ थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  १४:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro