site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओलीका कारण गठबन्धन टुटेको भन्दै प्रधानमन्त्रीले मागे विश्वासको मत 
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सहमतिमा नअडिँदा गठबन्धन तोडिएको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै उनले एमाले र राप्रपाले सरकार छोड्नुको कारण अझै दिन नसकेको जिकिर गरे ।

“विगतका मतभेदहरूलाई नउठाउने समझदारी गरेका थियौँ । म त्यसमा प्रतिबद्ध भएँ । तर, केही सहयात्रीहरूबाट पालना भएन,” ओलीको नाम नलिईकन उनले भने, “संसद्मा पहिलो दिन नै संसद् विघटनको विषयले प्रवेश पायो । र, त्यसले देशलाई नै तरंगित बनायो ।”

विगतका गल्तीहरूका विषय नउठाउने समझदारी भए पनि ओलीले बिनाप्रसंग त्यो विषय उठाएर उल्लंघन गरेको भन्दै उनले त्यसले नै गठबन्धनमा अविश्वास पैदा गरेको आरोप लगाए ।

“त्यो विषयको उठान न सान्दर्भिक थियो न प्रासंगिक नै थियो । देशमा ठूलो संवैधानिक र राजनीतिक संकट निम्त्याएको त्यो कदम कुनै गर्वको विषय पनि थिएन । दुई–दुईपटक सम्मानित सर्वोच्च अदालतको संवैधानिक इजलासले असंवैधानिक भनिसकेको र संवैधानिक निरुपण भइसकेको त्यस्तो विषयको प्रवेशले गठबन्धनमा अविश्वास मात्र बढाएन, संविधान र लोकतन्त्रको निरन्तरता र सदनको स्थायित्वमा नै प्रश्न उठायो ।”

उनले सिंगो सदनको विश्वास पाएको प्रधानमन्त्रीलाई संसद् विघटन उचित भनेर राखेको धारणाले चुनौती खडा गरेको बताए । “दुखःका साथ भन्नुपर्छ, लगभग सिंगो संसद्कोे विश्वास पाएको प्रधानमन्त्रीलाई त्यही संसद् विघटनको पक्षपोषणले ठूलो नैतिक, संवैधानिक र राजनीतिक चुनौती दियो,” प्रधानमन्त्री प्रचण्डले भने ।

उनले राष्ट्रिय सहमतिको प्रयासमा ओलीले नै साथ नदिनु गठबन्धन कायम नरहने अर्को कारणका रूपमा प्रस्तुत गरे । “मैले लिएको राष्ट्रिय सहमतिको मेरो प्रयासलाई पनि गठबन्धनकै सहयात्री दलबाट समर्थन पाउन सकिनँ,” उनले भने, “आज राष्ट्रपति र उपराष्ट्रपति सहमतिमा चयन हुन सकेन । तर, प्रधानमन्त्रीका रूपमा मैले लिएको त्यो पहलकदमीमा कुनै खोट थिएन ।” 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  १३:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro