site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल सबैभन्दा कम बचत गर्ने मुलुकमा पर्छ : गभर्नर अधिकारी
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल सबैभन्दा कम बचत गर्ने मुलुकमा पर्ने बताएका छन् । सोमबार राष्ट्र बैंकले आयोजना गरेको विश्वव्यापी मुद्रा सप्ताह–२०२३ को उद्घाटन तथा वित्तीय चेतनामूलक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

विश्वका अरू मुलुकमा भन्दा नेपालमा बढी खर्च गर्ने प्रवृत्ति रहेको उनले बताए । उनले मुद्रालाई बचत गर्न जरुरी रहेको भन्दै त्यसैबाट आम्दानी बढ्ने जिकिर गरे ।

राष्ट्रिय बचतको अनुपात आधारमा हेर्दा बचतको ‘रेट’ कमजोर रहेको उनले जानकारी दिए ।

सेयरमा लगानी गर्नु पनि बचत भएको भन्दै उनले सेयरमा थोरै लगानीले धेरै आम्दानी गर्न सकिने उल्लेख गरे ।

“२०५२ सालमा कुनै कम्पनीको मूल्यांकन विश्लेषणको लागि लिएको १० कित्ता सेयरले अहिले लाखौँलाखको  सम्पत्ति बनाइदिएको छ । हामीले फ्रासफुल्ली गरेको बचतको नेपाल रेट राम्रो छ । १० वर्षमा दोब्बर हुने खालका रेटहरू छन् । त्यो बचतले काम गर्छ । त्यसैले बचत अत्यन्तै जरुरी छ ।  त्यो रकम कतै बचत नगरे पनि खर्च गरेर जान्छ । बचत अनिवार्य हो,” उनले भने, “नेपाल सग्रममा कम बचत गर्ने देशमा पर्छ । तथ्यांक हेर्ने हो भने सबैभन्दा बढी खर्च गर्छौँ । राष्ट्रिय बचतको अनुपात आधारमा हेर्दा बचतको रेट एकदमै कमजोर छ । आम्दानी बचतबाट नै गरिने हो । आम्दानी गर्दा बचत योजनाको छनोट र बैंकमा उपलब्ध सेवा हेर्नुपर्छ । विश्वव्यापी मुद्रा सप्ताह राष्ट्र बैंकले अभियानको रूपमा अगाडि बढाउन गइरहेको छ । एक हप्ता थप सिक्ने र मुद्रालाई सही सदुपयोग गर्ने, जीवनलाई सहज र सुरक्षित बनाउन सहयोग पुर्‍याउनेछ ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  १३:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro