site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चामल आयात बर्सेनि बढ्दो, सात महिनामा साढे दुई अर्ब राजस्व संकलन
Tiktok banner adTiktok banner ad

काठमाडौं । खेतीयोेग्य जमिन घट्दै जाँदा खाद्य वस्तु आयात दिनप्रतिदिन बढ्दै गएको छ । काम गर्न सक्ने जनशक्ति रोजगारीको खोजीमा दिनदिनै विदेशिएका छन् । गाउँघरका खेतबारी बाँझो हुँदै गएपछि तरकारीदेखि धान तथा चामलसम्म आयात गर्नुपर्ने बाध्यता बढेको हो ।

विदेशमा कमाएको पैसाले खाद्यवस्तु किनेर खाने बढेका छन् । खेतीयोग्य जमिन घडेरीको रूपमा खरिद गर्ने क्रम बढ्दा खाद्यवस्तु उत्पादनमा कमी आउन थालेको छ । सरकारी पक्षबाट खेतीयोग्य जमिनको वर्गीकरण गरेर संरक्षण नगरेसम्म यस्तो समस्या आइरहने विज्ञहरू बताउँछन् ।

पछिल्लो सात महिनामा भारत, चीन, जापान, अमेरिका, नामिबिया, इटली लगायतका मुलुकबाट नेपालमा २३ अर्ब ७० करोड ८६ लाख रुपैयाँको चामल आयात भएको छ ।

जसमा सबैभन्दा बढी भारतबाट चामल आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार माघ मसान्तसम्म भारतबाट मात्रै २३ अर्ब ४६ करोड २८ लाख रुपैयाँको चामल आयात भएको हो ।  

त्यस्तै, चीनबाट चार करोड २४ लाख रुपैयाँको चामल नेपाल भित्रिएको विभागको तथ्यांकले देखाएको छ । विभागका अनुसार नेपालमा अमेरिका, इण्डोनेसिया, भेतनाम, सिंगापुर इटलीबाट पनि चामल आयत हुने गरेको छ ।

चीनबाट मात्र नेपालमा ५२ करोड ८८ लाख ६ हजार ३९७ केजी चामाल आयात भएको तथ्यांकले देखाएको छ । उक्त चामल आयतवापत एक अर्ब ७२ करोड ७७ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

गत वर्षको अन्त्यसम्म नेपालमा ४७ अर्ब ५७ करोड ३६ लाख रुपैयाँको एक अर्ब १३ करोड ५ लाख १६ हजार ४८४ केजी चामल आयात भएको थियो । सो वर्ष अघिल्लो आर्थिक २०७७/७८ को तुलनामा कम चामल आयत भएको देखिन्छ । अघिल्लो आर्थिक वर्षमा भने ५० अर्ब ७८ करोड ६९ लाख रुपैयाँको एक अर्ब ३३ करोड ४३ लाख ३० हजार केजी चामल आयात भएको थियो ।

Chamal aayat graph1679067399.png

आर्थिक वर्ष २०७४/७५ देखि २०७७/७८ सम्म भने चामल आयातमा वृद्धि भएको देखिन्छ । आर्थिक वर्ष २०७४/७५ देखि आर्थिक वर्ष २०७८/७९ सम्म ६१ प्रतिशतले चामल आयातको रकम वृद्धि भएको छ । आर्थिक वर्ष २०७४/७५ मा २९ अर्ब ५३ करोड २३ लाख रुपैयाँको चामल आयात भएको थियो भने २०७५/७६ मा ३२ अर्ब ५९ करोड ५० लाख रुपैयाँको चामल आयात भएको थियो । त्यसैगरी आर्थिक वर्ष २०७६/७७ मा ३३ अर्ब ६५ करोड १४ लाख रुपैयाँको र आर्थिक वर्ष २०७७/७८ मा ५० अर्ब ७८ करोड ६९ लाख रुपैयाँको चामल आयात भएको थियो ।

त्यसपछि आर्थिक वर्ष २०७८/७९ मा ४७ अर्ब ५७ करोड ३६ लाख रुपैयाँको चामल आयत गरिएको थियो । यो वर्ष भारतले खाद्य वस्तु निर्यातमा लगाएको प्रतिबन्धले प्रभाव परेको कृषि मन्त्रालयका पूर्वसहसचिव डा. श्रीराम घिमिरेले बताए । उनका अनुसार पछिल्लोसमय चामल खपतको क्रम घटेकाले पनि केही मात्रामा चामल आयात कम भएको हो ।

“पछिल्लोसमय चामल धेरै खान हुँदैन भन्ने चेतना फैलिएको छ । तर, चामल आयात बढेको बढै छ । उत्पादन पनि वृद्धि भएको छ । यो जनसंख्या वृद्धि र चामल खानेको संख्या बढेर पनि हो,” उनले भने, “आगामी दिनमा धान उत्पादन बढ्ने र चामल खाने कम हुँदै जान सक्छन् ।” त्यस्तै, गत वर्ष धान उत्पादनमा वृद्धि हुनाले पनि चामल आयात कम भएको बताइएको छ ।

पछिल्ला वर्षमा केही मात्रामा आयात घटेको जस्तो देखिएको भएपनि पाँच वर्षको तथ्यांक हेर्दा धान आयातको रकममा उलेख्य वृद्धि भएको देखिन्छ । गत वर्षको सात महिनाको तुलनामा भने यो वर्षको सोही अवधिमा चामल आयातमा कमी आएको छ ।

गत वर्षको सात महिनामा ३२ अर्ब ३८ करोड ७७ लाख रुपैयाँको चामल आयात भएको थियो । सो अवधिमा चामल आयातबापत साढे दुई अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो ।

२०७७/७८ मा सबैभन्दा बढी रकमको चामल आयात हुँदा तीन अर्ब ८७ करोड ४३ लाख रुपैयाँ राजस्व संकलन भएको विभागले जानकारी दिएको छ ।  

chamal aayat1679196314.png

 

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  ०९:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro