site stats
देश
भिरबाट लडेर युवकको ज्यान गयो
प्रतीकात्मक तस्बिर।

सोलुखुम्बु । भिरबाट लडेर माप्यदूधकोसी गाउँपालिका–३ खास्तापका ३५ वर्षीय अमृत राईको मृत्यु भएको छ । 

शुक्रबार कसैलाई जानकारी नगराई घरबाट निस्किएका राईको शव आज खास्तापकै चेम्सी खोलामा फेला परेको हो ।

S.A.U
Agani Group

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक रामकिशोर साहका अनुसार दयाखोप भिरबाट लडेका राईको शव करिब १५० मिटर तल चेम्सी खोलामा स्थानीयले फेला पारेका थिए ।

मृतक मानसिकरूपमा अस्वस्थ रहेको पारिवारिक स्रोतको दाबी छ । कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । रासस

Global bank

प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  २२:०८
प्रतिक्रिया दिनुहोस्