site stats
कला
थिएटर अवार्डमा विमलको ‘दि डिपार्टेड डाउन’ मनोनयनमा 

काठमाडौं । नेपाली नाट्यकर्मी विमल सुवेदीले निर्देशन गरेको नाटक ‘दि डिपार्टेड डाउन’ भारतको प्रतिष्ठित अवार्ड ‘महेन्द्रा एक्सेलेन्सी थिएटर अवार्ड’को चार विधामा मनोनयनमा परेको छ । 

उनकै लेखनसमेत रहेको नाटक उत्कृष्ट निर्देशन, संगीत, नृत्य र लाइटसहित निर्देशन विधामा मनोनयनमा परेको हो । भारतभर मञ्चन हुने नाटकमध्ये उत्कृष्ट नाटकका विभिन्न विधालाई प्रदान गरिने यो अवार्डमा ‘दि डिपार्टेड डन’ ४९५ बाट छानिएर उत्कृष्ट १० मा परेको हो । छानिएका दश नाटक मार्चको २५ देखि २९ तारिखसम्म दिल्लीमा मञ्चन हुँदैछन् । 

S.A.U
Agani Group

मनोनयनमा परेको नाटकलाई निर्देशक सुवेदीले चलचित्र बनाउने सिलसिलामा तयार गरेका थिए ।  

“जन्मथलो छाड्न बाध्य भएका नेपाली भाषी भुटानीको अवस्था नाटकमा चित्रण गरिएको छ । घर बन्ने प्रक्रियादेखि बनेको घर भताभुंग भएको अवस्थासम्मलाई अभिव्यक्ति गर्ने प्रयास गरेका छौँ”, निर्देशक सुवेदीले भने । नेपाली कथा विश्व रङ्गमञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित उनले नाटक भारतको अखोका थिएटरका भिक्टर थाउडमसँग मिलेर तयार गरिएको जानकारी दिए । 

Global bank

नयाँ दिल्लीमा २५ तारिखका दिन श्रीराम सेन्टरमा प्रदर्शन हुँदै छ । रासस

प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  १३:५४
प्रतिक्रिया दिनुहोस्