site stats
बाह्रखरी :: Baahrakhari
विदेश
रूसले भन्यो– युक्रेन पठाइएका लडाकु विमान ध्वस्त गरिन्छ
फाइल तस्बिर।

काठमाडौं । नेटो सदस्य राष्ट्र पोल्यान्ड र स्लोभाकियाले एमआईजी–२९ लडाकु विमान युक्रेनलाई उपलब्ध गराउने घोषणा गरेपछि रूसले ती लडाकु विमान ध्वस्त गर्ने चेतावनी दिएको छ।

“विशेष सैन्य अपरेसनका क्रममा यी सबै विनाश गरिनुपर्ने उपकरणहरु हुन्,” क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

रूसले गत वर्षदेखि युक्रेनमा सुरु गरेको आक्रमणलाई विशेष सैन्य अपरेसन भन्दै आएको छ । उनले अघि भनेका छन्, “यस्तो लाग्छ कि, यी सबै देशहरु पूराना उपकरणहरु नष्ट गर्नतर्फ लागेका छन् ।”

मस्कोले यसअघि पश्चिमी मुलुकहरु हतियार पठाएर प्रत्यक्षरुपमा युद्धमा संलग्न भएको आरोप लगाएका थियो भने यसले नेटोका हतियारहरु आफ्नो प्रमुख लक्ष्य हुने भनेको अलजजिराले लेखेको छ ।

बिहीबार पोल्यान्डले सोभियत युगको एमआईजी–२९ लडाकु विमान युक्रेनलाई दिने घोषणा गरेपछि शुक्रबार स्लोभाकियाका प्रधानमन्त्री एडुआर्ड हेगरले पनि मिग–२९ लडाकु विमान युक्रेनलाई दिने सहमति भएको बताएका छन् ।

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जलेन्स्कीले नेटो सहयोगीहरूसँग अत्याधुनिक लडाकु विमान एफ–१६ उपलब्ध गराउन माग गर्दै आएका छन् ।

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  १८:१०
प्रतिक्रिया दिनुहोस्