
काठमाडौं । एनएमबि बैंकले १५ वर्षका लागि ११.९९ प्रतिशत स्थिर ब्याजदरसहितको नयाँ घर कर्जा घोषणा गरेको छ ।
यो नयाँ कर्जाले घरधनीहरूलाई कर्जाको स्थिर मासिक भुक्तानीको साथै व्यक्तिको दीर्घकालीन वित्तीय योजनामासमेत मद्दत पुर्याउने बैंकले जनाएको छ ।
उक्त योजनाले लामो अवधिको लागि कम र अनुमानित ब्याजदर सुरक्षित गर्न मद्दत पुर्याउने विश्वास लिएको बैंकले जनाएको छ ।
यो कर्जाले नयाँ ग्राहकहरू कुनै पनि बजार उतार–चढाव वा ब्याजदरहरूमा परिवर्तन भएतापनि उनहरुको मासिक भुक्तानी ऋण अवधिसम्म स्थिर रहने बैंकले उल्लेख गरेको छ ।

“घरमा लगानी गर्नु एक व्यक्ति र परिवारको लागि ठूलो लगानी हो, र हामीले मासिक भुक्तानी व्यवस्थापन गर्ने सन्दर्भमा स्थिरताको महत्व थाहा पाउँछौं,“ एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भने ।