site stats
बाह्रखरी :: Baahrakhari
विदेश
व्यावसायिक भवनमा आगलागी हुँदा भारतमा ६ जनाको मृत्यु
फाइल तस्बिर ।

नयाँ दिल्ली । दक्षिण भारतीय सहर हैदरावादमा बहुतले व्यावसायिक भवनमा भीषण आगलागी हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । आगालागीमा परेर अन्य ६ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार सहरको सिकन्दराबाद क्षेत्रमा बिहीबार साँझ आगलागी भएको हो । "आगलागीमा दुई पुरुष र चार महिला गरी ६ जनाको मृत्यु भएको छ," एक प्रहरी अधिकारीले भनेका छन्।  

त्यस्तै, अन्य ६ जनाको अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार घाइते ६ जना मध्ये चार जनाले आगोबाट बच्न कम्प्लेक्सबाट हाम फालेका थिए । आगलागी नियन्त्रणका लागि १२ वटा दमकल घटनास्थलमा पुगेको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा  विद्युत प्रवाहमा समस्या उत्पन्न हुँदा आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।रासस/सिन्ह्वा

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  १७:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu