site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एनसेलले ल्यायो ‘मज्जाको प्लान’
Tiktok banner adTiktok banner ad

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले प्रिपेड ग्राहकहरूको बढ्दो सञ्चारको आवश्यकतालाई ध्यानमा राख्दै आकर्षक डेटा र भ्वाइस सेवाको बन्डल रहेको नयाँ प्रिपेड स्टार्टर प्याक ल्याएको घोषणा गरेको छ ।

यस नयाँ स्टार्टर प्याक ‘मज्जाकोे प्लान’ यहि चैत्र ३ गतेदेखि सञ्चालनमा आउँदैछ र इच्छुक ग्राहकले नजिकैको एनसेल सेन्टर वा आधिकारीक प्वाइन्ट अफ सेल्स (पीओएस) बाट खरिद गर्न सक्छन् ।

ग्राहकले यो स्टार्टर प्याक करसहित ५९९ रुपैयाँमा खरिद गर्न सक्छन् । यस प्याकअन्तर्गत ग्राहकले २० जीबी डेटा र १५० मिनेट लोकल टक टाइम प्राप्त गर्न सक्छन् । प्राप्त डेटा र टक टाइम सिम सुचारु भएको दिन देखि २८ दिनको लागि मान्य रहनेछ ।

यसका साथै यो प्लान सुचारु गर्ने ग्राहकले २०० वा सो भन्दा माथिको रिचार्जमा बोनस पनि प्राप्त गर्न सक्छन् । ग्राहकले २०० देखि ४९९ रुपैयाँको रिचार्जमा पाँच प्रतिशत बोनस क्यास ब्याक प्राप्त गर्न सक्छन् भने ५०० रुपैयाँ वा सो भन्दा बढिको रिचार्जमा १० प्रतिशत बोनसको मजा लिन सक्नेछन् ।

यसका साथै यो प्लान सुचारु गर्ने ग्राहकले यो अकर्षक डेटा र भ्वाइस सेवा बन्डल रहेको प्लान ५९९ रुपैयाँमा नै आफ्नो आवश्यकताअनुसार सिम खरिद गरेको दिनदेखि ९० दिनसम्म जति पटक पनि खरिद गर्न सक्छन् ।

त्यस्तै, प्रिपेड ग्राहकले आफ्नो संचार सेवाको आवश्यकताअनुसार सञ्चालनमा रहेका अन्य भ्वाइस तथा डेटाको विभिन्न प्याकहरू एनसेल एप तथा अन्य माध्यमहरू जस्तै एसएमएस र यूएसएसडीबाट सुचारु गर्न सक्छन् ।

सेवा लिनका लागि आफ्ना ग्राहकलाई एक उत्तम विकल्प प्रदान गर्दै नयाँ र आकर्षक स्टार्टर प्याक ल्याइएको एनसेलले जनाएको छ । ग्राहकहरूको बढ्दो सञ्चारको आवश्यकतालाई ध्यानमा राखी ल्याइएका यो नयाँ प्लानले, सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्न मद्दत पुर्याउने विश्वास एनसेलले लिएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  २०:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro