site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेसमा मन्त्री आकांक्षीको लर्को– महामन्त्रीद्वयबाहेक सबै दौडमा !
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । सरकार विस्तार गर्ने तयारी भएसँगै नेपाली कांग्रेसभित्र मन्त्री बन्नेको लर्को लागेको छ । अहिले कांग्रेस प्रमुख प्रतिपक्षी दलको भूमिकामा छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि कांग्रेस सरकारमा जाने तयारीमा छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आउँदो ६ गते विश्वासको मत लिँदैछन् । उनका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलका अनुसार प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिने तयारी छ ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपश्चात् सरकार विस्तार गर्ने तयारीमा छन् । प्रधानमन्त्रीको दल नेकपा (माओवादी केन्द्र) उपमहाचिव शक्ति बस्नेत प्रधानमन्त्रीले विश्वासको मत लिएपश्चात् सरकार विस्तार हुने बताउँछन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

अहिले सरकारमा १६ मन्त्रालय खाली छन् । सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्ड मातहतमा छ । 

प्रधानमन्त्रीले विश्वासको मत लिएको हप्ता दिनभित्र सरकार विस्तार भइसक्ने वुझाइ कांग्रेसभित्र पनि छ ।  प्रवक्ता प्रकाशरण महत प्रधानमन्त्रीले विश्वासको मत लिएको केहीदिनभित्रै सरकार विस्तार भइसक्ने दाबी गर्छन् । 

Royal Enfield Island Ad

नेताहरूको अभिव्यक्तिलाई आधार मान्दा चैत दोस्रो हप्ताभित्र सरकारले पूर्णता पाउनेछ । विस्तार भएको मन्त्रिमण्डलमा दोस्रो वरीयता लिएर कांग्रेस सत्तारूढ दल बन्ने तयारीमा छ । 

४ मंसिरमा सम्पन्न भएको निर्वाचनले कांग्रेसलाई संसद्मा पहिलो दलको हैसियत दिलाएको हो । 

मन्त्री बन्नेको लर्को
१३ फागुनमा बनेको आठदलीय गठबन्धनभित्र नेकपा(एस) र नेपाली कांग्रेसले एक–एक वर्ष सरकारको नेतृत्व गर्दा बाँकी रहेको समय माओवादीले सरकारको नेतृत्व गर्ने सहमति गरेको थियो । 

उक्त सहमतिअनुसार प्रचण्ड नेतृत्वको सरकार ३ वर्ष सम्म चल्ने देखिन्छ ।

तीन वर्ष मन्त्री बन्न हालसम्म महामन्त्रीद्वयबाहेक अरू आकांक्षी छन् । अझ लामो समय संस्थापन र इतर भनेर गुटमा खुलेका नेताहरूको आंकाक्षा धेरैको छ । 

संस्थापन र इतर समूह दुबैतर्फ लागेका पूराना तथा नयाँ अनुहारहरू पनि आफूलाई मन्त्री बनाइदिन आग्रह गर्दै सभापति देउवा निवास र इतर समूहका नेता डा. शेखर कोइरालाको निवास धाइरहेका छन् ।

यस्तै भर्खरै निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको कोटाबाट भए पनि मन्त्री बन्ने आकांक्षा केही नेताहरूमा छ ।

सहमहामन्त्रीहरू जीवन परियार, बद्री पाण्डे, किशोरसिंह राठोर मन्त्री बन्ने दौडमा छन् । परियार र पाण्डे इतर समूह र राठौर संस्थापन समूहका हुन् । सहमहामन्त्री पाण्डेप्रति राष्ट्रपति पौडेलको समेत सद्भाव रहेको बताइन्छ ।

कांग्रेका प्रवक्ता समेत रहेका सांसद प्रकाशरण महत सहित सांसदहरू वीरबहादुर बलायर, एनपी साउद र रमेश लेखकमध्ये एक नेताले अवसर पाउने बुझाई संस्थापन पक्षमा छ । 

लेखक दलको प्रमुख सचेतक भए पनि मन्त्री बन्ने दौडमा रहेका छन् । 

प्रमुख सचेतक बस्न तयार नभएका लेखकलाई पार्टी प्रतिपक्षमा रहँदासम्म भनेर प्रमुख सचेतक बनाइएको चर्चा उनीनिकटहरूले गरिरहेका छन् । 

यस्तै, सांसद्हरू रामहरि खतिवडा, मोहन बस्नेत तथा शंकर भण्डारी पनि मन्त्री बन्ने दौडमा छन् । तराई–मधेश क्षेत्रबाट दिनेश यादव, राष्ट्रिय सभा सदस्य जितेन्द्र तथा देवप्रसाद तिम्सिना छन् । 

मन्त्री बन्ने दौडमा प्रधानमन्त्री पत्नी समेत रहेकी सांसद आरजु राणा देउवा पनि छन् । 

उनको रोजाइमा परराष्ट्र मन्त्रालय छ । संस्थापन पक्षका महिलामध्येबाट तेह्रथुमबाट प्रत्यक्ष निर्वाचन जितेकी एकमात्र महिला सांसद सिता गुरुङ पनि लविङमा लागेकी छन् । यस्तै सांसदहरू इश्वरी न्यौपाने, अम्बिका बस्नेतको पनि चर्चा छ ।

कांग्रेसमा इतर समूहबाट सरिता प्रसाईं, रामनाथ अधिकारी, सञ्जय गौतम, हृदयराम थानी तगा दिपक गिरी मन्त्री बन्ने दौडमा छन् । 

समूहबाट रामकृष्ण यादव, तेजुलाल चौधरी, डिगबहादुर लिम्बु ,प्रतिमा गौतम, लिला बोखिम आकांक्षी छन् ।

शेखर निकट नेता डा. सुनिल शर्मा समूहभित्र को मन्त्री बन्ने र कसलाई पठाउने भन्ने विषयमा सामान्य छलफल पनि प्रारम्भ नभएको बताउँछन् । 

उनी डा. शेखरले पनि मन्त्रिपरिषद्मा जानेबारे मनसाय नराखेको भन्दै आफूहरू छलफल नगरेको प्रस्ट पार्छन् । 

“यो विषयमा समूहभित्र छलफल भएको छैन र हाम्रा नेता शेखर कोइरालाले पनि केही भन्नुभएको छैन,” उनले भने, “साथीहरूको व्यक्तिगत आकांक्षाको बारेमा त म जान्दिन तर, समूहमा कुनै पनि छलफल भएको छैन ।”

आकांक्षीको संख्या हिसाब गर्दा मन्त्रालयभन्दा तेब्बर बढी सांसदहरू मन्त्री बन्ने दौडमा छन् । सभापति देउवा निकट एक सांसद तथा केन्द्रीय सदस्य नेतृत्वको आकांक्षी व्यवस्थापन चुनौतीपूर्णनै भएको बताउँछन् । यस्तै, पार्टीमा शशांक कोइराला निकट मानिएका दिपक खड्का पनि मन्त्रीका आकांक्षी हुन् । 

“१० पुसमा गठबन्धन बन्न नदिने र आफ्नो नेतृत्वमा आएको सत्ता गुमाउन भुमिका खेल्ने प्रकाशरण महत, ज्ञानेन्द्रबहादुर कार्की लगायत नेता त मन्त्री बन्न मरिमेटेका छन् भने अब आफैँ सम्झनु न अरू कति लागेका होलान्,” उनले भने, “हामी जस्ता गठबन्धन बन्नुपर्छ भनेर लागेकाहरू त झन मन्त्री बन्न लाग्नै भयौं नि । आकांक्षी धेरै छन्, सबैलाई मन्त्री बन्नुपरेको छ । हेरौं कसरी मिल्छ ।”

पार्टीका अर्का एक पदाधिकारी राजनीतिको अन्तिम उद्देश्यनै सत्ता र शक्ति भएकाले आकाक्षी देखिनु स्वभाविक ठान्छन् । 


उपसभापतिद्वय सरकारमा, महामन्त्रीद्वय बाहिरै 

आकांक्षीको लर्को बढिरहँदा कांग्रेसले बढीमा ८ सिट पाउने पार्टीका नेताहरू बताउँछन् ।  सो मध्ये दुवै उपसभापति सरकारमा सहभागी हुने तयारीमा छन् । उपसभापति पूर्णबहादुर खड्का पार्टीको नेतृत्व लिएर सरकारमा जाने तयारीमा छन् । अर्का उपसभापति धनराज गुरुङ पनि सरकारमा सहभागी हुने दौडमा छन् । 

“१० पुसमा गठबन्धन नबने पनि अहिले गठबन्धन बनाउन पूर्ण दाइ लाग्नुभएको हो । त्यतिबेला उहाँको कुरा नसुन्दा गठबन्धन बनेन अहिले गुमेको सत्ता फर्काउनुभयो,” एक नेताले भने, “उहाँले पार्टीको नेतृत्व गरेर जुन् मन्त्रालय चाह्यो त्यो लिनुहुन्छ । यस्तै अर्का उपसभापति पनि सरकारमा जाने कुरा पार्टीभित्र छ ।”

तर, यो सरकारमा पार्टीबाट महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भने सरकारमा सहभागी नहुने भनिरहेका छन् । 

थापाले सार्वजनिकरुपमा नै आफू अब विस्तार हुने सरकारमा सहभागी नहुने बताएका थिए ।  संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेकाले पनि अहिले मन्त्री बन्न आफूले नसुहाउने भनाई उनको थियो । 

थापाले केही दिन अघि आर्थिक पत्रकारहरुको संस्था सेजनले गरेको कार्यक्रममा बोल्दै आफू मन्त्री बन्न नजाने बताएका थिए । आफू वर्तमान सरकारमा मन्त्री नबन्ने र बन्न पनि नमिल्ने भन्दै पार्टी सरकारमा जाँदा सरकारलाई सफल बनाउन लाग्ने बताएका थिए । 

“मैले पाँच वर्षको लागि पाएको भनेको सांसदको जिम्मेवारी हो । यो सबै कामहरू मैले नेपाली कांग्रेसको महामन्त्री भएर काम गर्ने हो, त्यो कामहरू गर्छु,” उनले भने, “सांसद भएर प्रधानमन्त्रीकोमा, संसद्मा उठाउनुपर्ने विषय उठाउँछु ।”
अर्का महामन्त्री विश्वप्रकाश शर्मा पनि अहिलेको सरकारमा आफू मन्त्री भएर नजाने बताउँछन् । 

बाह्रखरीसँग कुराकानी गर्दै उनले अहिले आफ्नो भूमिका पार्टी महामन्त्री र सांसदको रुपमा मात्र रहने भनाइ उनको छ । 

महामन्त्रीको रुपमा आफूले फरक जिम्मेवारी निभाउनुपर्ने भएकाले पनि आफू त्यसैतर्फ लागिपर्ने भनाइ उनको छ । 

“म महामन्त्री भएर पार्टीको जिम्मेवारी पूरा गर्नुपर्ने धेरै छ । मेरो भूमिका फरक भएकाले म यही छु मलाई यही जिम्मेवारी पूरा गर्दा फुर्सद मिल्दैन । त्यसकारण म अहिले मन्त्री बन्दिन,” उनले भने । 

तर, पार्टीभित्र भने महामन्त्रीद्वयले प्रदीप पौडेललाई मन्त्रीको रूपमा अघि बढाएको बुझाइ छ । 

कसको नेतृत्व 

संस्थापन इतरलाई नेतृत्व दिने पक्षमा देउवा छैनन् । यही कारण कांग्रेसबाट नेतृत्व गरेर सरकारमा जानेमा डा. शेखर कोइराला, उपसभापति धनराज गुरुङ महामन्त्री गगन थापासहितको संभावना नरहेको संस्थापन निकटका नेताहरूको भनाइ छ । 

सरकारमा रहँदा पनि पार्टी र सभापति देउवाको प्रतिनिधित्व आवश्यक हुने हुँदा संस्थापन इतरले नेतृत्व नपाउने उनीहरूको तर्क छ । 

त्यसैले सभापति देउवाको रोजाइमा उपसभापति पूर्णबहादुर खड्का वा र विमलेन्द्र निधिमध्ये एक पर्नसक्ने संस्थापनका नेताहरूको बुझाई छ । 

पूर्वमहामन्त्री डा. शशांक कोइराला पनि सरकारको नेतृत्व सहित कुनै मन्त्रालय सम्हालन जाने तयारीमा छन् । 

प्रवक्ता प्रकाशरण महत भने अर्थमन्त्रालय सहित आफूले नेतृत्व गर्न पाउनुपर्नेमा लविङ गरिरहेका छन् । 

“पहिला को को मन्त्री बन्ने टुंगो लाग्नुपर्यो नि । त्यसपछि कसको नेतृत्वमा भन्ने टुंगो लाग्छ,” एक पदाधिकारीले भने, “जुनियर नेताले नेतृत्व पाउँदैनन् । लामो समय पार्टीमा लागेका र योग्य मान्छेले नेतृत्व लिएर जानुहुन्छ । उपसभापतिकै नेतृत्वमा कांग्रेस सरकारमा जाने देखिन्छ ।”

गृह वा अर्थमध्ये एक, एकैपटक दुवै मन्त्रालय नलिने 

कांग्रेसले गृह वा अर्थ मध्ये एकमात्र मन्त्रालय लिने तयारी गरेको छ ।  यस्तै कांग्रेसले यी बाहेक परराष्ट्र, सञ्चार, रक्षा सँगै शिक्षा, स्वास्थ्य वा श्रमरोजगार मन्त्राय लिने दाबी गरिरहेको छ । 

कांग्रेसले प्रधानमन्त्रीलाई अप्ठेरो पर्नेगरी मन्त्रालयको दाबी नगर्ने एक पदाधिकारीले बताए ।

“हामीले उहाँको हात खुट्टा बाध्ने वा पिँजडामा थुन्ने काम गर्दैनौं । हामी केपी ओली जस्तो अनुदार बन्न सक्दैनौं,” ती पदाधिकारीले बाह्रखरीसँग भने, “हामी अर्थ र गृह मन्त्रालय एकसाथ लिदैनौं । अर्थ लिए गृह लिदैनौं, गृह लिए अर्थ । अर्थात् पूर्ण समर्थनका साथ सरकार सञ्चालन हुनेछ ।”
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  १२:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro