site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पीएन क्याम्पसमा ‘नेविसंघ (गगन विश्व) समूह’ र ‘अनेरास्ववियु केपी’ संगठनले ‘लफडा’

पोखरा । देशभरिमै सबैभन्दा बढी विद्यार्थी मतदाता रहेको पोखराको पृथ्वीनारायण क्याम्पस (पीएन)मा यही चैत २ गतेसम्म स्ववियुका गतिविधि अगाडि नबढाउन उच्च अदालत पोखराले अन्तरकालीन आदेश जारी गरेको छ । विद्यार्थीको संगठन दर्तासम्म कार्यतालिकाअनुसार स्ववियु निर्वाचन प्रक्रिया अगाडि बढेको थियो ।

पीएन क्याम्पसमा नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियु र नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले कागजी प्रक्रिया पुर्‍याएर फर्जी संगठन समेत दर्ता गराएका थिए । 

अनेरास्ववियुनिकट एक विद्यार्थीले ‘नेविसंघ (गगन विश्व) समूह’ भनेर संगठन दर्ता गराएका थिए । त्यसपछि नेविसंघले पनि ‘अनेरास्ववियु केपी’ भनेर अर्को संगठन दर्ता गराएको थियो । 

यो मतदाता विद्यार्थीलाई भ्रमित पार्ने रणनीति मात्र थियो । आफ्नो पक्षमा नआउने मत विपक्षी संगठनमा पनि नजाओस् भन्ने उनीहरूको कुटिल चाल थियो ।

pn campus1678868877.jpg

प्राज्ञिक विद्यार्थी परिषद्ले पनि निर्वाचनमा भाग लिने निर्णय गर्‍यो । तर, यो परिषद्ले ‘स्वतन्त्र विद्यार्थी समूह’ भनेर संगठन दर्ता गरायो । ‘नेपाल विद्यार्थी समूह’ भन्ने संगठन पनि छुट्टै रूपमा दर्ता गराइयो ।

तर, निर्वाचन समितिले विद्यार्थीले दर्ता गराएअनुसारको सूची प्रकाशन गरेन । अनेरास्ववियु र नेविसंघको सहमतिमा ‘अनेरास्ववियु केपी’ र ‘नेविसंघ (गगन विश्व) समूह’को नाम फिर्ता लिने निर्णय भयो । यी दुई संगठनको नाम सूचीमा समावेश गरिएन ।

सूचीमा परेकाको पनि निर्वाचन समितिले एकतर्फी रूपमा नाम हेरफेर गरिदिएको आरोप विद्यार्थीले लगाएका छन् । प्राज्ञिकले दर्ता गरेको ‘स्वतन्त्र विद्यार्थी समूह’को नाम फेरेर ‘पृथ्वी विद्यार्थी’ मञ्च राखियो । ‘नेपाल विद्यार्थी समूह’को नाम ‘प्रतीक अधिकारी विद्यार्थी समूह’ भनेर सूची सार्वजनिक गरियो ।

निर्वाचन समितिले नाम फेरिदिएपछि प्राज्ञिकका विद्यार्थी उच्च अदालतमा रिट हाल्न पुगे । सोही रिटअनुसार अदालतले स्ववियु निर्वाचन प्रक्रिया अगाडि नबढाउन अन्तरकालीन आदेश दिएको हो ।

पीएनमा अर्को पनि लफडा छ । उमेदवारी दर्ताअगावै विद्यार्थीको व्यक्तिगत विवरण बाहिरिएको भन्दै अखिल क्रान्तिकारीलगायत संगठनले निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेका छन् । उक्त तालाबन्दी खुलाउने प्रयास सफल भएन । मनोनयन पनि दर्ता हुन सकेन ।

ansan photo1678868875.jpg

यहीबीचमा प्रत्यक्ष/परोक्ष रूपमा धाकधम्की र भौतिक आक्रमणको चेतावनी आएको भन्दै समितिका पदाधिकारीले राजीनामा दिएका छन् । समितिका सदस्यसचिव रहेका बोधराज ढकालले केही विद्यार्थी संगठन तोडफोड र भौतिक आक्रमणमै उत्रन खोजेपछि प्रशासनसमक्ष निवेदन दिएर बाहिरिएको बताए ।

पोखराकै विन्ध्यवासिनी संस्कृत क्याम्पसका विद्यार्थीलाई फरक संगठनका नेताहरूले धम्की दिएको आरोप छ । 

यो क्याम्पसमा पनि ताला लगाइएको छ । चैत ५ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको निर्देशिका र परिचयपत्रको विषयमा आपत्ति जनाउँदै अनेरास्ववियु र अखिल (क्रान्तिकारी) क्याम्पस इकाई कमिटीले फागुन २८ गते लगाएको ताला अझै खोलिएको छैन । त्यही कारण ५ गतेको स्ववियु निर्वाचन त अनिश्चित भएको छ नै, पठनपाठन समेत प्रभावित भएको छ ।

नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस (डब्ल्यूआरसी) प्रशासनमा झन्डा टाँगेर ताला लगाएको छ । नेविसंघ क्याम्पस इकाई कमिटीबाट राजीनामा दिएका उपसभापति सन्देश पोखरेल, सुमन भट्टराई र सचिन अर्यालसहित १४ जनाले क्याम्पस गेटमा ताला लगाएका हुन् । त्यही कारण स्ववियु निर्वाचन र पठनपाठनको वातावरण बिथोलिएको छ ।

engineering1678868875.jpg

यो क्याम्पसमा नेविसंघका विद्यार्थी आमरण अनशनमा समेत बनेका छन् । निर्वाचन अधिकृतको राजीनामा माग्दै बुधबारदेखि अनशन बसेका हुन् । उनीहरूले निर्वाचन अधिकृतले राजीनामा दिनुपर्ने, नयाँ निर्वाचन अधिकृत र स्ववियुको नयाँ निर्वाचन तालिका घोषणा हुनुपर्ने माग गरेका छन् ।

साथै, क्याम्पसलाई शान्ति क्षेत्र बनाइराख्न आफूहरू अनशन बसेको उनीहरूको जिकिर छ । उनीहरूले निर्वाचन अधिकृतको कार्यालयमा ताला समेत लगाएका छन् ।

पोखरा नर्सिङ क्याम्पस, वनविज्ञान क्याम्पस, जनप्रिय क्याम्पसमा पनि स्ववियु निर्वाचन अनिश्चित बनेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १, २०७९  १४:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro