site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पूजा भन्छिन्– रेखा दिदीसँग चलचित्र खेल्न पाउनु सपनाजस्तै
Tiktok banner adTiktok banner ad

काठमाडौं । नायिका पूजा शर्माले रेखा थापासँग चलचित्र खेल्न पाउनु आफ्ना लागि सौभाग्य भएको बताएकी छन् । आफूले मन पराएको नायिकासँगै चलचित्र खेल्न पाउँदा आफू खुसी रहेको उनको भनाइ छ ।  

“पर्दामा प्रिय रेखा थापा दिदीले मैले त्यही भएर मन पराको भनेर नृत्य गर्दैगर्दा होस् अथवा अन्यायविरुद्धमा समाजका खलपात्रहरूसँग लड्दै गर्दा मलाई पनि उहाँजस्तै बन्ने रहर थियो,” पूजा सामाजिक सञ्जाल फेसबुकमा लेख्छिन्, “यस्तै सपना बोकेर फिल्म क्षेत्रमा आएकी म आज आएर आफ्नो बेष्ट नायिकासँग पर्दा शेयर गर्न पाउँदा हर्षित छु ।” 

रेखासँग काम गर्दा आफूले धेरै कुरा सिक्न पाउने पनि उनको अपेक्षा छ । रेखासँग आफू पर्दामा देखिन पाउनु सपनाजस्तै अनुभूत भइरहेको बताएकी छन् । 

चलचित्रलाई ज्ञानेन्द्र देउजाले निर्देशन गर्दैछन् । आफ्ना लागि यो सिनेमा विशेष हुने पनि उनले बताएकी छन् । “यो फिल्म मेरा लागि विशेष हुनेछ । रेखा दिदी र ज्ञानेन्द्र दाइलाई काम गर्ने अवसर दिनुभएकोमा धेरै धेरै आभार व्यक्त गर्न चाहन्छु,” उनी भन्छिन् । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९  १३:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro