site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
व्यवसायीलाई लाग्यो चुनाव– वरिष्ठ उपाध्यक्षमा त्रिपक्षीय प्रतिष्पर्धा 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्त्व चयनका लागि चुनावी प्रतिष्पर्धा सुरु भएको छ । 

महासंघको विधानअनुसार चैत २८ देखि ३० हुने साधारणसभाले अहिलेका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल विधान अनुसार स्वतः अध्यक्ष बन्नेछन् । 

वरिष्ठ उपाध्यक्ष पदको लागि त्रिपक्षीय प्रतिष्पर्धा हुने देखिएको छ । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ । 

चैत २८ मा हुने साधारणसभामा वरिष्ठ उपाध्यक्षमा चयन हुने व्यक्ति नै तीन वर्षपछि स्वतः अध्यक्ष बन्नेछन् ।

तीन वर्षपछि अध्यक्ष बन्नको लागि अहिलेका बस्तुगत उपाध्यक्ष अन्जन श्रेष्ठ, पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ र एशोसियटका उपाध्यक्ष रामचन्द्र संघाई वरिष्ठ उपाध्यक्षको दौडमा छन् ।

वस्तुगत उपाध्यक्ष उमेदवार अन्जन श्रेष्ठले आफ्नो टिमबाट लड्ने उपाध्यक्ष टिम नै फाइनल गरेका छन् ।  अन्जन श्रेष्ठको टिमबाट जिल्ला नगरमा अरुणराज सुमार्गी, वस्तुगतमा मनिषलाल प्रधानले चुनाव लड्नेछन् । 

अन्जन श्रेष्ठले व्यक्तिगत रुपमा एक चरण जिल्ला भ्रमण सकिसकेका छन् ।  यस्तै उमेशलाल श्रेष्ठको टिमबाट वस्तुगत उपाध्यक्ष हेमराज ढकालले लड्नेछन् । 

जिल्ला नगरमा अहिलेका उपाध्यक्ष दिनेश श्रेष्ठ नै उमेशको टिमबाट दोहोरिने चर्चा व्यवसायीमाझ छ ।  तर सार्वजनिकरुपमा कुरा गर्दा भने दिनेश श्रेष्ठ आफु सबैभन्दा सिनियर रहेको भन्दै वरिष्ठ उपाध्यक्ष नै लड्ने बताउँदै आएका छन् । 

यस्तै एशोसियटमा उमेशको टिमबाट भरत आचार्य उठ्ने उनी निकट व्यवसायीहरुले बताएका छन् ।  भरत आचार्य भने अहिलेसम्म नखुलेको बताउने गरेका छन् । 

अन्जन श्रेष्ठको टिमबाट एशोसियट उपाध्यक्ष ज्वोत्स्ना श्रेष्ठ प्रतिष्पर्धामा उत्रिने तयारी छ । भरत आचार्य अध्यक्ष चन्द्र ढकाल निकट व्यवसायीको रुपमा चिनिन्छन् । 

तर उनी अहिलेसम्म कुनै पनि प्यानलमा खुलेका छैनन् ।

अहिलेका एशोसियट उपाध्यक्ष रामचन्द्र संघाईको टिमबाट वस्तुगतबाट सन्दिप गाडिया तथा जिल्ला नगरबाट सुकिसन वैद्य उठ्ने टुंगो लागेको संघाई निकट स्रोतले जानकारी दियो । 

संघाईले पनि एशोसियट उपाध्यक्षको रुपमा आचार्यलाई रोजेका छन् । आचार्य भने अहिलेसम्म खुलेका छैनन् । 

चन्द्र ढकाल तटस्थ बस्ने

महासंघमा अध्यक्ष बन्न लागेका अहिलेका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल भने कुनै पनि प्यानलको लागि नखुल्ने भएका छन् । 

चन्द्र ढकाल निकट स्रोतले चन्द्र कुनै पनि प्यानलमा नखुल्ने र सबै प्यानलले गरेको सार्वजनिक कार्यक्रममा शुभकामना मात्र दिने तयारीमा छन् । 

यसभन्दा अगाडि वरिष्ठ उपाध्यक्षबाट अध्यक्ष बन्न लागेका भवानी राणा र शेखर गोल्छाले आफुलाई सहयोग गर्नको लागि टिम चाहिने भन्दै भोट मागेका थिए । 

भवानीले शेखरको लागि र शेखरले किशोर प्रधानको लागि भोट मागेका थिए । भवानीको चुनावी अभियान सफल भए पनि शेखर भने त्यसमा असफल भएका थिए । 

“भवानीजी र शेखरजीले गलत अभ्यास गर्नु भएको थियो, त्यसलाई निरन्तरता दिने पक्षमा म छैन,” चन्द्र ढकालले आफू निकट व्यवसायीलाई भन्ने गरेका छन्, “जो भए पनि मिलेर काम गर्ने हो ।”

तर वरिष्ठका तीनजना प्रत्यासी नै चन्द्र ढकालको समर्थन आफुलाई हुने दाबी गरेका छन् ।  अन्जन श्रेष्ठले चन्द्र ढकालको समर्थन आफूलाई हुने बताएको उनीनिकट स्रोत बताउँछ ।

उमेशलाल श्रेष्ठ र रामचन्द्र संघाईले उनको टिमबाट नै अघिल्लो पटक निर्वाचन लडेको हुँदा चन्द्र ढकालको समर्थन आफुहरुलाई हुने गरेको बताउने गरेका छन् । 

नेपाल उद्योग वाणिज्य महासंघमा सदावहार खेलाडीको रुपमा चिनिएका चण्डी ढकालले भने उमेशलाल श्रेष्ठलाई समर्थन गरेर भोट माग्न नै हिँडेका छन् । 

महासंघको राजनीतिमा पछिल्लो समय शक्तिकेन्द्रको रुपमा उदाएका पशुपति मुरारका र हालका अध्यक्ष शेखर गोल्छाको समर्थन उमेशलाल श्रेष्ठलाई भने हुने छैन । 

व्यवसायीहरु दुवैको समर्थन अन्जनलाई हुने दाबी गरे पनि अहिलेसम्म मुरारका र गोल्छाले सार्वजनिक रुपमा केही भनेका छैनन् । 

यस्तै संघाईले पनि मुरारका र गोल्छाको समथर्न आफुलाई हुने दाबी गरेका छन् । 

महासंघको वरिष्ठ उपाध्यक्षको लागि जिल्ला तथा नगरको मतभार ५० प्रतिशत, एशोसियटको ३० प्रतिशत तथा वस्तुगतको २० प्रतिशत छ । 

जसमा वस्तुगतमा अन्जन श्रेष्ठ बलियो मानिएका छन् ।  अघिल्लोपटक वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ अन्जन श्रेष्ठसँग नै पराजित भएका छन् । 

प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९  ११:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro