site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ट्रयाक्टर ट्रली नहरमा खस्दा पञ्जाबमा १४ जनाको मृत्यु
Tiktok banner adTiktok banner ad

इस्लामावाद । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको डेरा गाजी खान जिल्लाको डीजी नहरमा शुक्रबार ट्रयाक्टर ट्रली खस्दा कम्तीमा १४ जनाको मृत्यु भएको स्थानीय उद्धार सेवाले जनाएको छ । 

करिब ४५ जना तीर्थयात्री बोकेको ट्रली उक्त जिल्लाको चौकी विमानस्थल सडक नजिकै तीव्र गतिका कारण दुर्घटना भएको उद्धार सेवाले जनाएको छ ।

उद्धारकर्ता घटनास्थल पुगेर स्थानीयवासीको सहयोगमा उद्दार कार्य सुरु गरेको उद्धार सेवाले जनाएको छ । साथै बेपत्ताहरूको खोजी कार्य जारी रहेकाले हालसम्म केही शवसहित २८ जना यात्रुमात्र फेला परेको जनाइएको छ ।

केही यात्रुहरू दुर्घटनापछि चिप्लिएर बगेको हुनसक्ने उद्धार सेवाले जनाएको छ । रासस/सिन्ह्वा
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  १७:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro