site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
टर्की र सिरियाका भूकम्पपीडितलाई राष्ट्रसंघीय एजेन्सीको सहयोग
Ghorahi CementGhorahi Cement

संयुक्त राष्ट्रसंघ । टर्की र सिरियाका भूकम्पपीडितहरूलाई संयुक्त राष्ट्रसंघीय एजेन्सीहरूले निरन्तर रुपमा सहयोग उपलब्ध गराइरहेको अधिकारीहरूले जनाएका छन् । 

संयुक्त राष्ट्रसंघका एकजना प्रवक्ताले सो कुराको जानकारी दिएका छन् । ती प्रवक्ताले गत महिना टर्की र सिरियामा गएको भूकम्पका पीडितलाई निरन्तर रुपमा सहयोग उपलब्ध गराएका जनाएका छन् ।

Agni Group

सिरियामा भूकम्पबाट ८० लाखभन्दा बढी मानिस प्रभावित भएको बताइएको छ । यहाँका नागरिकमा आवश्यक खाद्यान्न र पानीको पनि समस्या परेको छ । सफा पिउने पानीको अभावमा यहाँका कतिपय स्थानमा हैजाको प्रकोप फैलिने त्रास रहेकाले ती स्थानहरूमा पछिल्ला केही समययता स्वास्थ्य सामग्री र औषधि पनि वितरण गरिएको छ ।

ती प्रवक्ताका अनुसार संयुक्त राष्ट्रसंघका विशिष्टिकृत एजेन्सीहरूले औषधि, खद्यान्नको प्रबन्ध गरेका छन् । हैजाको प्रकोप फैलिन सक्ने सम्भावित स्थानहरुमा ती एजेन्सीहरूको सहयोगमा हैजा विरुद्धको खोप आदिको पनि व्यवस्था गरिएको छ ।

Global Ime bank

संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी एजेन्सी, विश्व स्वास्थ्य संगठन, विश्व खाद्य कार्यक्रम आदिले सिरिया र टर्कीका भूकम्प प्रभावितहरूका लागि काम गरिरहेका बताइएको छ । रासस/सिन्ह्वा
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  १४:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC