site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
उत्तर कोरियाले गर्‍यो ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार
Ghorahi CementGhorahi Cement

सियोल । दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले संयुक्त सैन्य अभ्यास सुरु गर्नुभन्दा केही दिनअघि बिहीबार उत्तर कोरियाले छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको सियोलको सैनिक स्रोतले जनाएको छ ।

आणविक शक्ति सम्पन्न उत्तर कोरियाले थप उत्तेजक प्रतिबन्धित हतियार परीक्षण गरिरहेको छ । जवाफमा सियोलले वासिङ्टनसँग सुरक्षा सहयोग बढाउन कदम चालेपछि दुई कोरियाबीचको सम्बन्ध दशकौँ यताकै सबैभन्दा खराब बिन्दुमा पुगेको छ ।

गत वर्ष किम जोङ उनको सरकारले उत्तर कोरियालाई ‘अपरिवर्तनीय’ आणविक शक्ति घोषणा गरेको थियो र सहयोगी सियोलको रक्षाका लागि अमेरिकाले यस क्षेत्रमा थप सम्पत्ति स्थानान्तरण गर्न खोजिरहेको बेला सामरिक आणविक हतियारसहित हतियारको उत्पादनमा तीव्र वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो ।

Agni Group

सियोलको ‘ज्वाइन्ट चिफ अफ स्टाफ’ले उत्तर कोरियाको पश्चिमी बन्दरगाह सहर नाम्पोबाट स्थानीय समयअनुसार साँझ ६ः२० बजे छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण भएको पत्ता लगाएको जनाएको छ ।

“हामीले निगरानी र सतर्कतालाई मजबुत बनाएका छौँ । हाम्रो सेनाले अमेरिकासँग नजिकबाट सहकार्य गर्दै प्रतिवादको पूर्ण तयारी गरेको छ,” विज्ञप्तिमा भनिएको छ ।

Global Ime bank

उत्तर कोरियाले लामो समयदेखि आफ्नो आणविक हतियार र क्षेप्यास्त्र कार्यक्रम आत्मरक्षाका लागि भएको दाबी गर्दै आएको छ । अमेरिका र दक्षिण कोरियाको सैन्य अभ्यासलाई उसले आक्रमणको पूर्वाभ्यासको संज्ञा दिँदै आएको छ ।

यसै साताको सुरुमा उत्तर कोरियाले अमेरिकाले ‘जानाजानी’ तनाव बढाएको आरोप लगाएको थियो । किमकी शक्तिशाली बहिनीले प्योङयाङको क्षेप्यास्त्र परीक्षणलाई अमेरिकाले रोकेमा यसलाई ‘युद्धको स्पष्ट घोषणा’का रूपमा हेर्ने चेतावनी दिएकी थिइन् । 

सन् २०१९ मा किम र तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको वार्ता असफल भएपछि कूटनीतिक सम्वाद अवरुद्ध भएको छ र उत्तर कोरियाले सैन्य विकासमा दोब्बर वृद्धि गरेको छ ।

प्योङयाङको बढ्दो खतराको सामना गर्दै दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले टोकियो र वासिङ्टनसँग कूटनीतिक सम्बन्ध र सुरक्षा सहयोग बढाउन कदम चालेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले अप्रिल २६ मा युनलाई राजकीय भ्रमणका लागि स्वागत गर्ने छन् भने दक्षिण कोरियाली नेताले अर्को हप्ता टोकियोको पनि भ्रमण गर्ने उनको कार्यालयले जनाएको छ ।

यसै महिना अमेरिका र दक्षिण कोरियाली सेनाले पाँच वर्षयताकै सबैभन्दा ठूलो संयुक्त सैन्य अभ्यास गर्ने भएका छन् ।

’फ्रिडम शिल्ड’ नाम दिइएको र मार्च १३ देखि कम्तीमा १० दिनका लागि तय गरिएको उक्त अभ्यासअघि मित्रराष्ट्रहरूले यसै साता आणविक क्षमता भएको अमेरिकी बी–५२ हेभी बमवर्षक विमानसहितको हवाई अभ्यास गरेका थिए ।

सियोलस्थित इवा विश्वविद्यालयका प्राध्यापक लीफ–एरिक इस्लेले भने, “यो सम्भवतः उत्तर कोरियाको उत्तेजक परीक्षणको शृङ्खलाको सुरुआत मात्र हो ।” उनले थपे, “प्योङयाङले अमेरिका र दक्षिण कोरियाको प्रमुख रक्षा अभ्यासका साथै जापानका प्रधानमन्त्री फुमियो किशिदा र अमेरिकी राष्ट्रपति जो बाइडेनसँग हुने राष्ट्रपति युनको आगामी शिखर वार्तालाई सावधानीपूर्वक लिएको बताएको छ ।”

“किम सरकारले लामो दूरीका क्षेप्यास्त्र प्रहार गर्न आदेश दिन सक्छ । जासुसी उपग्रह प्रक्षेपणको प्रयास गर्न सक्छ । ठोस इन्धन इन्जिन प्रदर्शन गर्न सक्छ र सम्भवतः आणविक परीक्षण पनि गर्न सक्छ,” उनले भने ।

उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाको सैन्य अभ्यासपछि आफ्नो क्षेप्यास्त्र परीक्षण र सैन्य अभ्यासलाई न्यायोचित प्रतिकारको रूपमा प्रस्तुत गरेको छ । गत हप्ता उसले संयुक्त राष्ट्रसङ्घलाई यी अभ्यासहरू रोक्न आग्रह गरेको थियो र आफ्नो आणविक हतियारले यस क्षेत्रमा शक्ति सन्तुलन सुनिश्चित गरेको बताएको थियो । रासस÷सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  २०:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC