site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘चपली हाइट–२’ का नायक आयुषमान भन्छन्–भगवानलाई पनि धन्यवाद !
Tiktok banner adTiktok banner ad
आयुषमान जोशी (नायकः चपली हाइट–२)
 
डेब्यु फ्ल्मि नै करोड कल्वमा प्रवेश गर्यो । कस्तो लागिरहेको छ ? 
शब्दमा व्यक्त गर्नै सक्तिन । हरेक मान्छेले एउटा अपेक्षा गरेको हुन्छ भन्छन् त्यो चाँही मैले अपेक्षा गरेको थिइन । तर, जस्तो सोचेको थिएँ त्यो भन्दा धेरै राम्रो भयो । सहयोग गर्ने सबैलाई धेरै धेरै धन्यवाद । भगवानलाई पनि धन्यवाद । 
 
सिनेमाको कुन पक्ष दर्शकले रुचाए ? 
दर्शकले मलाई तपाईंको अभिनय राम्रो थियो भन्नु भएको छ । सेकेन्ड हाफमा जुन अभिनय छ । त्यो मैले गर्नसक्छु भन्ने उहाँहरुले अपेक्षा गर्नु भएको थिएन । तर, त्यसमा मैले न्याय गरेपछि उहाँहरुले त्यसलाई मन पराइदिनु भयो । 
 
हल पुग्दा दर्शकले तपार्ईंलाई भनेको जुन कहिल्यै विर्सन नसक्ने कुनै वाक्य छ ? 
मैले ‘चपली हाइट–२’ तीन पटक हेरिसकेँ । तपाईंले अर्को सिनेमा गर्नु भयो भने त्यो मुभिको फस्ट शो नै हेर्छु भन्नु भएको थियो । त्यो मेरा लागि हौसला र आत्मविश्वास बढाउने कुरा हो । 
 
तपाईंले आफ्नो सिनेमामा देखेको कमजोरी के हो ? 
अरु सबै ठिकै छ । राम्रो नै भन्नु भएको छ । मेरो पहिलो मुभि भएकाले मैले पटक पटक हेरेको छु । मलाई ड्रविङमा थप मेहनत गर्नु पर्छ जस्तो लागेको छ । र, गर्छु पनि । थोरै थोरै गरेर नै प्रगती गर्ने हो । 
 
आफै दर्शक भएर हेर्दा आफ्नो सबल पक्ष के लाग्यो ? 
त्यो चाँही म भन्न सक्तिन । मैलै आफ्नो बयान आजसम्म गरेको छैन र गर्न पनि चाहन्न । 
 
पहिलो सिनेमाबाट सफलता पाउनु भयो, अब अर्को सिनेमा गर्ने/नगर्ने के सोचमा हुनुहुन्छ ?
राम्रो स्क्रिप्ट र अफर आयो भने गर्छु होला । 
 
 
 
 
     
 
NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ६, २०७३  १६:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro