site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रदेश–१ को नाम कोसी राख्न एमाले–कांग्रेस–माओवादी एकमत

विराटनगर । प्रदेश–१ को नाम कोसी राख्न प्रदेश–१ का प्रमुख दल एकमत भएका छन् । 

नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) कोसी प्रदेशमा एकमत भएका हुन् । नेकपा एमालेले कोसी प्रदेश नाम राख्न प्रस्ताव दर्ता गराएकोमा नेपाली कांग्रेसले समर्थन गरेको थियो । तर, माओवादी केन्द्रसमेत यो प्रस्तावमा समर्थक रहने भनिएपनि अन्तिममा नगएपछि कांग्रेसले समर्थन फिर्ता गराउन भन्दै निवेदन दर्ता गराएको छ  । 

कांग्रेस संसदीय दलका प्रमुख सचेतक भुपेन्द्र राईले आफूहरुले नामको विषयको प्रस्तावमा समर्थन दिएपनि माओवादी नआएकोले फिर्ता गरिएको बताए । “हामी छलफलमा छौं, यस विषयमा कार्यव्यवस्था परामर्श समितिमा पनि छलफल हुन्छ । त्यसपछि प्रक्रियामा जान्छ,” उनले भने ।

प्रदेश–१ को नाम आज टुंगो लगाउने गरी एमालेले कोसी प्रस्ताव दर्ता गराएको थियो । एमालेका प्रदेशसभा सदस्य रामबहादुर मगरले प्रस्ताव दर्ता गराएका थिए । यसको समर्थकमा कांग्रेसका भूमिप्रसाद राजवंशी, एमालेका निरन राई र विदुरकुमार लिन्थेप छन् । 

संविधानको धारा २९५ को उपधारा २ तथा प्रदेश–१ को प्रदेशसभा (पहिलो संशोधन) नियमावली, २०७५ को परिच्छेद १०, नियम ५८ को उपनियम (ख) १ साग सम्बन्धित २९५ को उपधारा (२) बमोजिमको यस प्रदेशको नामकरण तपसिलमा उल्लेखित नाम कायम गरियोस् भन्ने प्रस्ताव दर्ता गराइएको हो । कांग्रेसको आज बसेको दलको बैठकले कोसी प्रस्तावलाई समर्थन गरी अघि बढ्ने निर्णय गरेको थियो ।

“प्रदेशले आफ्नो नामाकरण प्रदेशसभाबाट आफैले गर्नुपर्ने दायित्व पूरा गर्नका लागि यस प्रदेशमा विकसित भएका हिन्दु धर्म, बौद्ध धर्मको दर्शन, किरात सभ्यता, मिथिला सभ्यता, लिम्बुवान संस्कृति, बिराट क्षेत्रको इतिहास, कोच संस्कार र संस्कृति समेतलाई समेट्ने गरी तथा कोसी नदी र यसका शाखा नदीहरूमै ऐतिहासिक, धार्मिक तथा जातजाति, भाषा, सभ्यता र संस्कृतिको विकास भएकोले यस क्षेत्रको मूल आधारको रुपमा हिमालदेखि पहाड र तराईको भू–भागमा कोसी नदी प्रवाहको क्षेत्र भित्रै सम्पूर्ण अवस्थाको वर्तमान र भावी विकास र समृद्धि समेत जोडिएको हुनाले यस प्रदेशको नाम कोसी प्रदेश राख्न उपयुक्त ठानिएको छ” प्रस्तावमा उल्लेख छ । 

कोसीमा मतदान गर्ने ममाओवादीको निर्णय
यसैगरी संसदीय दलको बैठकबाट माओवादी केन्द्रले समेत कोसी प्रदेशका पक्षमा मतदान गर्ने निर्णय गरेको छ । माओवादी संसदीय दलको बैठक बसेर कोसीको पक्षमा मतदान गर्ने निर्णय गरेको सांसद गणेश उप्रेतीले जानकारी दिएका छन् । “हाम्रो दलको बैठकले कोसीमै मतदान गर्ने निर्णय गरेको छ,” उनले भने । प्रदेशसभामा माओवादी केन्द्रका १३ सांसद छन् । 

किराँत– लिम्बुवान –सगरमाथा नाम दर्ता 
विराटनगर । नेकपा (एकीकृत समाजवादी) र जसपाले प्रदेश–१ को अलग नामको प्रस्ताव दर्ता गराएका छन् ।समाजवादी र जसपाले प्रदेशसभा सचिवालयमा किराँत– लिम्बुवान–सगरमाथा नाम प्रस्ताव दर्ता गराएका हो । यसको प्रस्तावकमा राजेन्द्रकुमार राई र समर्थकमा निर्मला साँवा लिम्बू रहेका छन् । 

पहिचानको आधारमा नाम रहनुपर्ने भन्ने आफूहरुको स्पष्ट कुरा रहेकोले अलग प्रस्ताव दर्ता गराएको बताए । प्रदेशको नाम आजै टुंगो लगाएर जाने तयारी रहेको कांग्रेस संसदीय दलका नेता उद्धव थापाले बताए ।


 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९  १३:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro